कृष्ण ढकाल
बर्दघाट,पौष–२४
नेपाली काङ्ग्रेस बर्दघाट नगरपालिका वडा नं.५ को वडाकमिटिले शनिवार बनभोज तथा नवगठित तरुण वडाकार्यसमितिलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न् गरेको छ । ऐतिहासिक तथा पर्यटकिय स्थल बर्दघाट–५ ,कञ्चनकुटी क्षेत्रमा कार्यक्रम सम्पन्न् गरेको हो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा सबिधान सभा सदस्य बिक्रम खनाल,जिल्ला सभापति अर्जुन कुमार पोखरेल, लुम्बिनि प्रदेश सदस्य ,बिश्व प्रेम पाठक,संघिय सभापति मुकुल कुमार आचार्य ,नेपाल तरुण दलका जिल्ला सभापति सुक बहादुर गुरुङ्ग ,बर्दघाट नगर सभापति दामोदर जि.सी., वडा सभापति सुन्दर आचार्य ,सचिव अर्जुन मरासिनी,क्याप्टन मान बहादुर थापा,गोपाल पाण्डे,दिपक थापा,बासुदेव चौधरी लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।