Sarawal sit lahar Notis

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई पुनर्ताजगी तालिम

121

परासी २१ पुस
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई चार दिने पुनर्ताजगी (रिफ्रेसर)तालिम दिईएकाे छ ।स्वास्थ्य कार्यालय नवलपरासीकाे आयाेजनामा उक्त चार दिने पुनर्ताजगी (रिफ्रेसर)तालिम दिईएकाे हाे । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई गाउँ घरमा दिने सेवालाई थप प्रभावकारी बनाउन उदेश्यले उक्त तालिमको आयाेजना गरिएकाे स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थिले जानकारी दिनुभयो ।
उक्त तालिमकाे आज रामग्राम नगरपालिकाकाे नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले समापन गर्नुभयाे । तालिमको समापन कार्यक्रम बाेल्दै निस्वार्थ रूपमा सेवा खटिएकाे मुल्यांकन पक्कै कुनै न कुनै क्षेत्रबाट राज्य गर्ने गरेकाे बताउनुभयो ।
सेवा प्रभावकारी बनाउन रसेवालाई अझै प्रभावकारी बनाउने याे पुनर्ताजगी तालिमलेथप मद्दत पुग्ने बिश्वास व्यक्त गर्नुभएकाे थियो । आमनगरिक सेवा निरन्तर लगेकाे प्रसाननिय कार्य रहेकाे भन्दै नगरप्रमुख गुप्ताले नगरपालिकाले गर्ने सहयाेग र साथ रहि रहने बताउनुभयो ।
नगरपालिकाले स्वास्थ्य स्वयंसेविकहरूलाई निशुल्क स्वास्थ्य बिमा गर्ने निणय गरेकाे त्यसकाे प्रक्रिया अगाडि बढाएकाे गुप्ताकाे भनाई थियाे। चार दिने तालिममा सुक्राैलि स्वास्थ्य चाैकि ईन्चार्ज बलराम सपकाेटाले सुरक्षित मातृत्व शिशु परिवार नियाेजन ,नगरपालिकाकाे स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले खाेप निर्देशिका सम्बन्धि र हकुई स्वास्थ्य चाैकिका प्रमुख नियाज अहमद खानले पाेषणयुक्त ,सर्ने राेग नसर्ने राेग प्रजनन अभिलेख प्रतिबेदन सम्बन्धी प्रशिक्षण दिनुभएको स्वास्थ्य कार्यालयका फाेकल पर्सन देबिलाल पाैडेले जानकारी दिनुभयो ।
तालिम नगरपालिका भित्र रहेका वडा न१५ १६ र १७का स्वयंसेविका हरूकाे २२ जनाकाे सहभागीता रहेकाे स्वास्थ्य कार्यालयका लेखाअधिकृतनारायण भट्टराईले जानकारी दिनुभयो ।