Sarawal sit lahar Notis

नेपाल रेडक्रस शोसाईटी बर्दघाट उपशाखाको सभापतिमा पुनः अधिकारी

96

कृष्ण ढकाल
बर्दघाट,पौष–२१
नेपाल रेडक्रस शोसाईटी बर्दघाट उपशाखाको छैठौं अधिवेशन तथा एघारौं वार्षिक साधारण सभा आज सम्पन्न् भएको छ । आज भएको छैठौं अधिवेशनले पुनः नारायण प्रसाद अधिकारीको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति सर्व सम्मत रुपमा चयन गर्दै सम्पन्न् भएको निर्वाचन समितिका संयोजक विनोद खनालले जानकारी दिनु भएको छ ।  बर्दघाट उपशाखाको सभापतिमा नारायण प्रसाद अधिकारी रहनु भएको छ भने उप–सभापतिमा देवी पौडेल, सचिवमा दीर्घ घिमिरे,कोषाध्यक्ष टीकाराम भण्डारी,उप–कोषाध्यक्षमा बुद्धिमाया अधिकारी र सह–सचिवमा धनन्जय पौडेल रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा रामचन्द्र अधिकारी, डिल बहादुर अधिकारी, राधा ढकाल, लक्ष्मण भट्टराई र गणेश बहादुर क्षेत्री रहनु भएको नेपाल रेडक्रस शोसाईटी बर्दघाट उप–शाखा सभापति नारायण प्रसाद अधिकारीले बताउनु भएको छ ।

रेडक्रस उप–शाखाका सभापति नारायण अधिकारीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यमा साधारण सभामा सम्पन्न् भएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले अब नगरकार्यपालिकाको बैठकले पास गरेमा नेपाल रेडक्रस शोसाईटी बर्दघाट उपशाखा र नेपाल रेडक्रस शोसाईटी बुद्धमंगल उपशाखालाई नगरले संचालन गरेका ४ वटा एम्बुलेन्स मध्येवाट एक÷एक वटा एम्बुलेन्स नगरपालिकाले हस्तान्त्रण गर्ने सोंचमा रहेको जानकारी गराउनु भएको थियो ।

त्यसैगरी नेपाल रेडक्रस शोसाईटी बर्दघाट उपशाखाको त्रिवेणी चोकको बसपार्कमा अधुरो भवन निर्माण सम्पन्न गर्नका लागि पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेल, समाज सेवी रुद्र प्रकाश उपाध्याय,बृहस्पति अधिकारी, डिबी अधिकारी,शहिद स्मृति सामुदायिक अस्पतालका अध्यक्ष निमानन्द न्यौपाने लगाएतले आ–प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको संचालन नेपाल रेडक्रस शोसाईटी बर्दघाट उपशाखा सचिव दीर्घप्रसाद घिमिरे गर्न भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य देवि पौडेलले गर्नु भएको थियो ।