कृष्ण ढकाल
बर्दघाट,पुष–१६
बर्दघाट नगरपालिका वडा नम्वर ६ ले आज एक कार्यक्रमका विच सामुदायिक भवन समुद्घाटन गर्नुका साथै जेष्ठ नगरीकहरुलाई लठ्ठी वितरण र उद्घोषण तथा नेतृत्व विकास तालीममा सहभागिहरुलाई प्रमाण–पत्र वितरण कार्य सम्पन्न् गरेको छ ।
बर्दघाट नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष रोहित थारुको अध्यक्षता र बर्दघाट नगरप्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरीएको थियो ।
सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले नगरको विकासका लागि नगरपालिकाले स्वास्थ्य,शिक्षा र कृषिलाई विशेष प्राथमिक्तामा राखेर आफ्ना योजनाहरु अघिबढाएको बताउनु भएको थियो । उहांले नगरवासीहरुको दैनिक जिवन शैलीमा परिवर्तन आउने गरी सिप र रोजगारीसंग जोडेर विभिन्न खालका तालीमहरु समेत संचालन गर्ने गरेको र सोही योजना अनुसार वडानम्वर ६ मा पनि उद्घोषण तथा नेतृत्व विकास तालीम संचालन गरेको बताउनु भएको थियो ।
वडा सचिव मधु पराजुलीको संचालन र वडासदस्य सम्झना रायमाझीको स्वागत मन्तब्यवाट शुरु भएको उक्त कार्यक्रममा टोल सुधार समितिका निर बहादुर रायमाझी,कमला बस्याल,अन्नपूर्ण कृषक समुहकी सीमा नेपाली र उद्घोषण तथा नेतृत्व विकास तालीममा सहभागिहरुको तर्फवाट लीला भण्डारीले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।
वडाका विभिन्न संघ संस्था र समुहहरुवाट २७ जनाको सहभागिता रहेको पाँचदिने उद्घोषण तथा नेतृत्व विकास तालीमको सहजीकरण पत्रकार कृष्ण ढकालले गर्नु भएको थियो।
त्यसैगरी कार्यक्रममा वडा नं. ६ का ७५ वर्ष भन्दा बढीउमेरका २४ जना जेष्ठ नागरीकहरुलाई लठ्ठी वितरण गरीएको थियो भने सामुदायिक भवन निमार्णका क्रममा सहयोग गर्ने विभिन्न ब्यीक्तहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरीएको थियो ।
आज समुद्घाटन गरीएको उक्त ४ कोठै एक तल्ले पक्की सामुदायिक भवन श्रमदान सहित करिव १८ लाखको लागतमा निमार्ण भएको वडाध्यक्ष चौधरीले बताउनु भएको छ ।
त्यसैगरी आज नै नगर प्रमुख बस्यालले वडा नम्वर ६ को प्रगति चोक देखि विहानी चोक जाने करिव ७ सय मिटर ढलान बाटोको समुद्घाटन समेत गर्नु भएको छ । बर्दघाट नगरपालिका संगको लागत साझेदारीमा उक्त सडकलाई ढलान गर्न सफल भएको वडाध्यक्ष चौधरीले बताउनु भएको छ ।