कृष्ण ढकाल
बर्दघाट,पुष–६
समाजको दिगो विकास र समृद्ध नेपाल सुखी नेपालीको अभियानमा एकभएर अघि बढ्ने प्रणगर्दै नवलपरासीको बर्दघाट वडा नं. २ र ३ का अगुवा नेताहरु अन्य पार्टी परित्याग गरी आज नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेमा प्रवेश गर्नेहरुमा बर्दघाट वडा नम्वर २ का होम बहादुर गुरुङ र सफल सापकोटा रहनु भएको छ भने वडा नम्वर ३ वाट दशैंया चौधरी र परशुराम थारु रहनु भएको छ । उहांहरु यसअघि अन्य पार्टीको जिम्मेवार पदमा रहेर कार्य गर्दे आउनु भएको थियो ।
आफुहरु अन्यपार्टीको जिम्मेवार पदमा रहेर कामगर्दा पनि समाजको दिगो विकासमा कहिकतैवाट सहयोग पुग्ने नदेखेपछि आफुहरु समाज रुपान्त्रणका लागि नेकपा एमाले नै उत्तम रहेको ठहरगर्दे आफुहरु नेकपा एमालेमा प्रवेश गरेको बताएका छन् । अबका दिनमा एमालेको नीति तथा सिद्धान्तलाई अंगिकार गर्दै आगामी एमालेको अभियानमा दृढताका साथ नेतृत्वपंक्तिसंग एक भएर अगाडी बढ्ने प्रतिवद्धता समेत जाहेर गरेका छन्।
आज नेकपा एमालेमा प्रवेश गरेका उनीहरु २०७४ सालको स्थानिय निर्वाचन ,प्रदेशको निर्वाचन तथा संघिय निर्वाचनमा बर्दघाट नगरपालिका वडा नं २ र ३ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तर्फबाट जिम्मेवार पदमा रहेर सक्रिय भूमिका निर्वाह गरेका थिए ।
नवप्रवेशी नेताहरुलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार अधिकारी र नेकपा एमाले नवलपरासी जिल्ला कमिटी सचिवालय सदस्य तथा बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले खादा,माला र अविर लगाई नेकपा एमालेमा प्रवेश गराउनु भएको थियो।