sunwal

राजसंस्था सहित प्रजातान्त्रिक हिन्दुराष्ट्र कायमगर्ने पार्टीको मुलएजेन्टाः प्रधान

50

गौरीशंकर जयसवाल

परासी ४ पुस
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय उपाध्यक्ष ध्रुब बहादुर प्रधानले राजसंस्था सहित प्रजातान्त्रिक हिन्दु राष्ट्र कायम गर्ने आफ्नो पार्टीको मुल एजेन्टा रहेको बताएका छन । निर्मल निवासलाइ लगाएको आरोप निराधार रहेको बताउदै प्रधानले राप्रपाको महाअधिबेशनमा कुनै पनि राजाको हस्तक्षेप नरहेकोे समेत बताए । राप्रपाको उपाध्यक्ष निर्वाचित भएर पहिलो पटक गृह जिल्ला परासी आएक प्रधानले आज परासीमा आयोजित पत्रकार सम्मेलन यस्तो बताएका हुन ।

उनले देश अस्थिरता तीर गएकोले फरक किसिमले राप्रपाले देशमा अन्दोलन गर्ने प्रधानले बताए । राजसंस्था(जस्ले देश र संदन निर्माण गर्यो उसलाई नाम मेटाउने कार्य गरिएको छ संविधानमा,राजसस्था एकताको प्रतिक हो,राष्ट्रपति पार्टीको पक्षमा मात्रै निर्णय लिएको पाइएको प्रधानको भनाई थियो ।

कमल थापाले निवेदनमा पार्टी फुटाउने कुरा उल्लेख नरहेको भन्दै अब पार्टी टुट फुट र जुटअब पार्टी नफुट्ने एक भएर अगाडि बढ्ने प्रधानको भनाई छ । उनले भने पार्टी टुट फुट नभईन हिन्दु धर्मावलम्बी एवं आम जनताको रहेको बताउदै भाषिक क्षेत्रीय निश्पक्ष रहित एकताको प्रतिसाथ आगाडी बढ्ने बताए ।

संसद चल्न सकेको छैन न्यायलयमा देखिएको समस्या समाधान गर्न पहल र स्थानीय तह जनसरोकारका बिषयलाई अगाडि ल्याए आर्थिक अनियमितता न्यायलयलाइ निष्पक्ष गराउन पहल गर्ने प्रधानले बताए ।

एमसिसी बारेमा सरकारनै रहने कि नरहेने स्थितिमा पुगेको छ,सत्ता बाटै पास फेल हुने भएकाले बढो चर्चा बिषय बनेको छ ,उनले भने हाम्रो पार्टीले यस बिषयमा पार्टीभित्र छलफल गरेर अघि बढने बताए ।

राप्रपाले आउने स्थानिय निकायको चुनाव कुनै पार्टीसंग कार्यगत एकता वा गठबन्धन बनाएर चुनाव नलडने बताउदै राप्रपा चुनाव स्थानिय निकायको चुनाव एक्लै लड्ने दाबी गरे । तर आवश्यक अनुसार जिल्लामा सापेक्षमा चुनावमा कार्यगत एकता हुनसक्ने उपाध्यक्ष प्रधानको भनाई छ ।