sunwal

टाईम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न् ।

135

कृष्ण ढकाल
बर्दघाट,पुष–३
टाईम बचत तथा ऋण सहकारी संस्था,बर्दघाटको १० औं वार्षिक साधारण सभा आज सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष रुद्र प्रकाश उपाध्यको अध्यक्षता र संस्थाका अधिक बचतकर्ता लक्ष्मण प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न् भएको थियो।

सभामा बोल्दै कार्यक्रमका प्रमुख आतिथि चौधरीले टाईम बचत तथा ऋण सहकारी संगको सहयात्राका कारण आफ्नो आर्थिक कारोवारमा सहयोग पुगेको बताउदै अरुलाई पनि सहकारीसंग आवद्ध रहेर आर्थिक कारोवार गर्न आग्रह गर्नु भएको थियो ।

संस्थाकी उपाध्यक्ष फुल कुमारी गिरीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा गाउँले दर्पण मिडिया प्रा.ली.का पत्रकार कृष्ण ढकाल,सहयोगी मिडिया प्रा.ली.का राजु पोखरेल लगाएतले बोल्दै सहकारी आफैमा सबैसंग सहकार्य गर्ने थलो भएकाले सहकारीको निति,बिधि अनुसार सबै शेयर सदस्यहरु सहयोगी बन्दै संस्थालाई अघि बढाउन आग्रह गर्नु भएको थियो ।

१० औं वार्षिक साधारण सभाकै अवसरमा संस्थाले आफ्ना २ जना पूर्वकर्मचारीलाई सम्मान गरेको थियो भने यस वर्ष प्लस टू पास गरेका १४ जना आफ्ना शेयर सदस्यका छोरा–छोरीहरुलाई पनि सम्मान गरेको थियो । त्यस्तै मासिक रुपमा अधिकतम र उत्कृष्ट कारोवार गर्ने २४ जना शेयर सदस्यहरुलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा अध्यक्ष रुद्र प्रकाश उपाध्यले प्रगति प्रतिवेदन ,कोषाध्यक्ष गंगा पाठकले संस्थाको आर्थिक प्रतिवेदन र लेखा संयोजक केशव न्यौपानेले सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाकी सचिव गांगा पाण्डेले गर्नु भएको थियो ।

२०६८ साल बैशाख १२ गते विधिवत रुपमा दर्ता भएर आफ्नो सेवा प्रारम्भ गरेको टाईम बचत तथा ऋण सहकारी संस्था,बर्दघाटको अहिले २ हजार ८० जना शेयर सदस्यहरु रहेका छन् भने संस्थाले अहिले सम्म १ करोड ३७ लाख २२ हजार रुपैया बराबरको आर्थिक कारोबार गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

उत्कृष्ट वित्तिय सेवा भएको दिगो सहकारी संस्था बनाउने लक्ष्य सहित अघि बढेको टाईम बचत तथा ऋण सहकारी संस्था,बर्दघाटको अहिले १ करोड २४ लाख ८२ हजार ५ सय शेयरपुंजी र १ करोड ४४ लाख ५१ हजार ७ सय ५८ रुपैया कुल पुंजी रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

बर्दघाट नगरपालिका,प्रतापपुर गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकामा आफ्नो सेवा क्षेत्र बनाएको टाईम बचत तथा ऋण सहकारी संस्था,बर्दघाटकोे यस वर्ष ८ करोड १० लाख १९ हजार ९ सय १३ रुपैया कर्जा लगानी , ३९ लाख ४० हजार ६ सय ५८ रुपैया संस्थागत पुर्जी र ४ करोड ७९ हजार ८ सय १८ रुपैया नियमित बचत रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।