sunwal

संकल्प बहुउद्धेश्यीय सहकारी संस्थाको वार्षीक साधारण सभा सम्पन्न् ।

59

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२९
संकल्प बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाटको १३ औं वार्षीक साधारण सभा सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष छविलाल खरेलको अध्यक्षता र बर्दघाट नगरपालिकाको सहकारी शाखा प्रमुख कृष्ण प्रसाद मरासिनीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न् भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि मरासिनीले सहकारीहरु आफ्ना सदस्यहरुसंगको सहकार्यमा अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । उहांले सहकारीले जहिले पनि आफ्ना शेयर सदस्यहरुको लगानीलाई सुरक्षीत गर्दे उनीहरुको जिवनशैलीमा परिवर्तन ल्याउने खालका काम गर्नु पर्ने र उत्पादनमुखि कार्यमा लगानी गर्नु पर्ने धारणा राख्नु भएको थियो । यदि संस्थाको नेतृत्वगर्ने ब्यक्तिले सहि नेतृत्व गर्न नसकेमा सदस्यहरुको लगानी जोखिम पर्न सक्ने भएकाले सक्षम नृतृत्व चयन गर्नु पर्ने समेत बताउनु भएको थियो ।

त्यस्तै बर्दघाट नगरपालिका पशुपन्छी मत्स्य विकास शाखा प्रमुख भरत लम्सालले सहकारीले पशुपालनको क्षेत्रमा लगानी गर्न लागेकोमा संस्थालाई नगरबाट सक्दो सहयोग हुने बताउनु भएको थियो । त्यसैगरी
संस्थाका संस्थापक अध्यक्ष एंव सल्लाहकार चुडामणी भण्डारीले संस्थाले धेरै आरोह अवरोह पार गर्दै यहाँसम्म आएको उल्लेख गर्दै सहकारीका शेयर सदस्य र संचालकको मेहेनतलाई उत्पादनसंग जोडनुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष छविलाल खरेलले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै ब्यवसायिक पशुपालनको खाका प्रस्तुत गर्नुभएको थियो ।भने साधारणसभाले कृषि तथा पशुपालन सम्बन्धि कार्यबिधि र कर्मचारी नियामावली लगायतका नीतिहरु पास समेत गरेको छ । साधारणसभाले संस्थामा रिक्त रहेको उपाध्यक्ष पदमा मुक्तमाया महतो र सचिवमा विनोद कण्डेललाई सर्बसम्मत रुपमा चयन समेत गरेको छ । त्यस्तै सोही अवसरमा संस्थाले उत्कृष्ट वचतकर्ता, ऋणी, बाल वचतकर्ता एंव उत्पादन कार्यमा खटने ब्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

सभाले कोषाध्यक्ष धुब्र कुमारी सापकोटाले प्रस्तुत गर्नुभएको आय ब्यय तथा बजेट अनुमान र लेखा समितिको प्रतिबेदन परिमार्जन सहित पारित गरेको छ । ज्ञानु नेपाल ज्ञवालीको स्वागतवाट शुरु भएको कार्यक्रम रवि पाण्डेयको संचालनमा सम्पन्न् भएको थियो ।

साधारण सभामा प्रस्तुत गरीएको प्रगति प्रतिवेदन अनुसार संस्थाको शेयर पुंजी ४२ लाख ९८ हजार रहेको छ भने जगेडा कोषमा ५ लाख ४१ हजार ८२ रुपैया र बचत तथा निक्षेपमा १ करोड ७१ लाख ८८ हजार ३ सय ५९ रुपैया रहेको छ ।