कृष्ण ढकाल
बर्दघाट,मंसीर–२४
सूर्यगंगा बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षीक साधारण सभा सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष जनक बहादुर रावलको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा उक्त सभा सम्पन्न् भएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले समाजमा स्थापित भएका सहकारीहरुवाट नै समाज समृद्धि तर्फ जाने भएकाले नगरमा रहेका विषयगत सहकारीहरुसंग सोही अनुसारको नगरपालिकाले सहकार्य गरेर अघि बढ्ने बताउनु भएको थियो ।
उहांले सहकारीहरु अब उत्पादनसंग जोडीएर अघिबढ्नु पर्नेमा जोड दिनु भएको थियो । संस्थाकी उपाध्यक्ष सृजना आचार्यको स्वागत र सचिव अर्जुन पौडेलको संचालन रहेको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल ,दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारी संस्थाकी अध्यक्ष देवि पौडेल लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अध्यक्षको वार्षीक प्रतिवेदन ,चिवको प्रतिवेदन ,कोषाध्यक्षको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन प्रस्तुत गरीएको थियो । प्रस्तुत् प्रतिवेदन अनुसार २०६३ सालमा विधिवत दर्ता भएको सूर्यगंगा बचत तथा ऋण सहकारी संस्थाको हालको शेयर पुंजी ३२ लाख २७ हजार ४ सय १७ रुपैया रहेको छ भने बचत संकलन २ करोड ४४ लाख ७९ हजार ६ सय ७९ रुपैया रहेको छ ।
त्यस्तै ऋण लगानी ३ करोड १४ लाख ९ हजार ४ सय ५९ रुपैया र जगेडा कोषमा १७ लाख १९ हजार ३ सय ४३ रुपैया रहेको प्रतिवेदनमा उल्लेख गरीएको छ । त्यस्तै शुद्ध नाफा १९ लाख ८२ हजार ४ सय ८ रुपैया रहेको जनाएको छ ।