sunwal

बर्दघाट नगरपालिकाद्धारा संसारकोटमा भ्यूटावर निमार्ण शुरु ।

102

 

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२४
नवलपरासीको बर्दघाट नगरपालिकाले वडा नं. २ को पहाडी भाग संसारकोटमा भ्यूटावर निमार्ण गर्न लागेको छ । आगामी ३ महिनामा निमार्ण सम्पन्न् गर्ने लक्ष्य सहित बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल र वडा नम्वर २ की वडाध्यक्ष दया दर्लामीले आज संयुक्त रुपमा उक्त भ्यूटावरको शिलन्यास गर्नु भएको छ ।

सामुदायिक वनले निमार्ण गर्न लागेको रिचार्जीङ्ग पोखरीलाई सुन्दरीकरण गर्दै त्यसको विचमा बर्दघाट नगरपालिकाले भ्युटावर निमार्ण गर्न लागेको हो । करिव ३० लाखको लागतमा निमार्ण सम्पन्न् गर्ने गरी भ्यूटावरको निमार्ण कार्यको शुभारम्भ गरीएको हो ।

संसारकोटमा भ्यूटावर निमार्ण गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र संसारकोटलाई पर्यटकिय गन्तब्य बनाउने योजना अनुरुप भ्यूटावर निमार्ण गर्न लागीएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ । उत्तरमा हिमालय श्रृंखला र पाल्ला सम्म देख्न सकिने तथा दक्षिणमा भारत सम्म देख्न सकिने स्थान भएकाले संसारकोटको डाँडामा निमार्ण गर्न लागिएको भ्यूटावरमा सोहि अनुरुप आधुनिक प्रविधिको समेत ब्यवस्था गर्ने सोंचका साथ भ्यूटावर निमार्ण गरीएको नगर प्रमुख बस्यालले बताउनु भयो ।

आफ्नो क्षेत्रमा आन्तरीक तथा वाहिय पर्यटकहरुको आगमन बढ्ने र स्थानिय क्षेत्रका मानिसहरुको आय आर्जनमा थपटेवा पुग्नेमा आफुहरु विश्वस्त रहेको स्थानिय जनप्रतिनिधि प्रेम सोमईले बताउनु भएको छ ।

१७ बाई १२ मिटरको पोखरीको बिचमा निमार्ण गर्न लागिएको उक्त भ्यूटावर ५० फुट अग्लो रहने छ भने त्यसो माथी नेपालको झण्डा फहराउने गरी टावरको डिजाईन गरीएको छ ।
गत वर्ष कोभिडका कारण कामगर्न नसकिएकाले यस वर्ष सोही बजेटवाट निमार्ण कार्यलाई तिव्रपारिएको निमार्ण ब्यवसायि रामजी चापागाईले बताउनु भएको छ ।

बर्दघाट नगरपालिका क्षेत्रभित्र कञ्चनगढी, बुद्धमंगल ताल, बर्दघाट शिवालय मन्दिर, पुरानो रामजानकी मन्दिर, पारिजात पर्या पर्यटन पार्क,मानव निर्मीत बाउन्नघोला र बाढीपिडीत सिमसार क्षेत्र लगाएत थुप्रै पर्यटकिय स्थल भैरहदा संसारकोटमा निमार्ण हुने भ्यूटावर र बर्दघाट बजारमा निमार्ण गर्न लागिएको घण्टाघरले आन्तरीक तथा वाहिय पर्यटकहरुलाई पक्कै पनि थप आकर्षित गर्ने छ ।