गौरीशंकर जयसवाल
परासी २३ कार्तिक
स्थानिय तहहरुमध्ये रामग्राम नगरपालिका पश्चिम नवलपरासीले पहिलो पटक जिल्लमा कोेभिड १९ को कारणले मृत्यु भएका परिवारहरुलाई नगद रकम प्रदान गरेको छ । जिल्लामा सात वटा वटा स्थानिय तहहरु रहेका छन । आज नगरपालिकामा एक कार्यक्रम बिच नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले कोेभिड १९ को कारणले मृत्यु भएका परिवारहरुलाई राहत रुवरुप नगद रु २५ हजार रुपैया प्रदान गरेका हुन । नगद रकम प्रदान गर्दै नगरप्रमुख गुप्ताले नगरपालिका सधैभरी नगरबासीको दुख सुखमा रहेको बताए ।
उनले कोभिड १९को बेलामा अफानो नगरबासीहरुलाई कोभिडबाट बचाउनको निम्ती सचेतामुलक सन्देश प्रसारण कोभिडबाट बाँच्ने उपायहरुको बारे स्वास्थ्यकर्मीहरुलाई परिचालन गरी न्यूनिकारण गर्न आवश्यक पहल गरेको बताए । नगरप्रमुख गुप्ताले कोेभिड १९को कारणले मृत्यु भएका परिवारहरुलाई चेक नदिई नगद नै रु २५ हजार रकम प्रदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका सिअहेब अनिल खड्काले जानकारी दिए ।
नगरपालिकाले नगर क्षेत्रमा कोेभिड १९को कारणले मृत्यु भएका परिवारहरुलाई नगद रु २५ हजारको दरले प्रदान गरिएको रामग्राम नगरपालिका लेखा अधिकृत संजय शर्माले बताए । नगपालिकाले नगर क्षेत्रमा कोेभिड १९को कारणले मृत्यु भएका परिवारलाई आन्तरिक स्रोतबाट प्रति परिवार नगद रु २५ हजारको दरले परिवारहरुलाई प्रदान गरिएको नगरप्रमुख गुप्ताले बताए जानकारी ।
आन्तरिक स्रोतबाट प्रति परिवार नगद रु २५ हजारको दरले १२ जनाका परिवारहरुलाई नगद रकम प्रदान गरिएको रामग्राम नगरपालिकाले जानएको छ । नगरक्षेत्रमा कोेभिड १९को कारणले मृत्यु भएका ३८ जना को मुत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका हेअ सुरज हरिजनगौतमले जानकारी दिए । उनको अनुसार नगरपालिकामा ३८ जनाको कोभिड १९को कारण मृत्यु भएको जसमध्ये १२ जना निबेदन आएको बाँकी २६ जना निबेदन अनुसार क्रमश नगद रकम प्रदान गरिने बताए ।
कार्यक्रममा कोभिडबाट बुवा गुमाएका सुबास यादव,रामग्राम– ३ का कोभिडबाट ससुरा गुमाएका अन्जु ढकाल , नेपाल पत्रकार महासंघका जिल्ला कार्यसमिती सस्य गौरीशंकर जयसवाल लगायतले अ–आफनो धारण राखेका थिए ।