sunwal

सुनवलमा विभिन्न पार्टी परित्याग गरी ५० जना युवा एमाले पार्टीमा प्रबेश

63

परासी ,कार्तिक २१
नेकपा एमाले पार्टीपश्चिम नवलपरासीकाे आयोजनामा पार्टी प्रवेश कार्यक्रम आज सुनवल–१२ हरकट्टामा सम्पन्न भएको छ । एमालेकाे सुनवल वडा न १२ का वडाकमिटी अध्यक्ष लुमाकान्त भुसालअध्यक्षता तथा लुम्बिनी प्रदेशकी प्रदेश सासद भगवती भण्डारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना युवाहरू युवा एमालेमा प्रवेश गरेको पार्टीले जनाएको छ ।

,नेपाली काँग्रेस,माओवादी केन्द्र जसपा लगायत पार्टी परित्याग गरेर युवाहरू एमाले प्रवेश गरेको पार्टीका केन्द्रीय परिषद् सदस्य राजकुमार श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशकी प्रदेश सासद भगवती भण्डारीको एमालेले मात्रै यो मुलुकको देशकाे बिकास र कायापलट गर्ने बताईन ।उनले एमाले एक मात्र पार्टी हाे कि युवाहरूलाई पार्टीको उच्च तहमा र केन्द्रीय स्तर युवाकाे नेतृवा गर्ने पार्टि एमाले नै हाे जिकर गरिन।


नवप्रबेशि युवाहरूले मुलुकको विकास गर्ने र युवाको हितमा काम गर्ने पार्टी एमाले मात्रै रहेकोले यस पार्टीमा प्रवेश गरेको बताएका थिए ।एमालेका युवा नेता राजकुमार श्रेष्ठको पहल तथा युवा समाजसेवी मीन बस्याल, अनेरास्ववियूका सहसंयोजक निरज खड्का, युव संघकाे कार्यालय सदस्य कमल गैरे विशेष सक्रियतामा युवाहरू एमाले प्रवेश गरेका हुन् । ।
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष डाेलराज भण्डारी एमालेकी जिल्ला सचिवालय सदस्य विमला अर्याल, संविधान सभा सदस्य एवम एमालेकी प्रदेश सदस्य सिधुजालेसा केन्द्रीय परिषद् सदस्य राजकुमार श्रेष्ठ, जिल्ला परिषद् सदस्य नारायण पाण्डे, शिक्षक संगठन सुनवलकाे अध्यक्ष टंक सुवेदी लगायतले नवप्रबेशिलाई बधाई ज्ञापन गरेकाे एमालेकाे जिल्ला कमिटि सदस्य सस्वाती सुबेदीले जानकारी दिईन ।