sunwal

अनेमसघंको रामग्राम नगरस्तरीय भेला सम्पन्न ।

97

गौरीशंकर जयसवाल
परासी ६ असोज
पश्चिम नवलपरासीमा नेकपा एमाले निकटको भातृ सगठन अखिल नेपाल महिला संघको रामग्राम नगरस्तरीय भेला सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटी पश्चिम नवलपरासीको आयोजनामा आज मानमोहन स्मृति भवन परासीमा रामग्राम नगरस्तरीय भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गदै अनेमसघकी केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चाज बिमला अर्यालले पार्टीको निर्णायक तहमा महिला सहभागीताका सवालमा र सामनुपातिक सामाबेशिआधारमा अनेमा संघ लडदै आएको बताउनु भयो । उहांले हिन्सा उत्पिडन महिलाहरूको मुक्तिका निम्ति सधै लडिरहेको बताउनु भयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी अर्यालले खास गरि ग्रामीण भेगका महिलाहरूलाई संगठीत गर्दै उनिहरूको अधिकारको सवाल वा उत्पिडन परेका महिलाहरूको मुक्ति दिलाउनुपर्नेमा जोड दिनु भएको थियो ।


यस्तै अनेमसंघकि केन्द्रीय सदस्य सरिता खनालले आत्मा निर्भरताको निम्ति महिलाहरूलाई उत्पादनमा जोड दिनुपर्नेमा जोड दिनु भएको थियो । आज भएको रामग्राम स्तरीय भेलाले तारा नेपालीको अध्यक्षतामा ५१ सदस्यीय अनेमसंघको नगरस्तरीय समिति गठन गरिएको छ । जस्को उपाध्यक्षमा उत्तरदेबि चौधरी,सचिवमा नानू खड्का ,सहसचिवमा निशा भर र कोषध्यक्षमा आशमा अर्याल चयन हुनु भएको छ।
अखिल नेपाल महिला संघका जिल्ला कमिटी अध्यक्ष राधा ढकालको अध्यक्षयता तथा अनेमसघ केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चाज बिमला अर्यालको प्रमुख आतिथ्यता भएको उक्त भेलामा नेकपा एमालेका जिल्ला कमिटी सचिव थानप्रसाद गैरे,अनेमसघकी केन्द्रीय एव पार्टीका सचिवालय सदस्य लक्षमी क्षेत्री ,पुस्तकालय बिभागका श्याम बस्याल,पार्टीका जिल्ला कमिटि सदस्य रिगंला यादव,जिल्ला कमिटी सदस्य रामचन्द्र भण्डारी,जिल्ला कमिटी सदस्य एवम उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी पार्टीका रामग्राम नगर अध्यक्ष हरिलाल यादव ,अनेमसंघकि जिल्ला कमिटि सचिव यामकुमारी सुबेदि लगायतले नवगठित समितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।