बर्दघाट,भदौ–२५
उद्योगी, ब्यबसायीहरुका समस्या प्रति आफु गम्भिर भएर लाग्ने लुम्विनी प्रदेश सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री अजय बहादुर शाहीले बताउनुभएको छ । गृह जिल्ला पश्चिम नवलपरासी आउनु भएका मन्त्री शाहीले आज बर्दघाटमा गठवन्धनमा रहेका दलहरुसंगै ब्यबसायीहरुले गरेको स्वागत तथा बधाईका क्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।मन्त्री शाहीले आफुले आफ्नो मन्त्रालय समाल्दा सम्म प्रचार मुखी नभएर परिणाममुखी योजना बनाएर उद्योगी ब्यबसायीहरुलाई उचित ब्इापार ब्यवसाय गर्ने वातावरण तयार गर्ने बताउनुभयो ।
गठवन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजवादी, स्वतन्त्र राजनैतिक समुह लगायतका दलहरु र बर्दघाट उद्योग बाणिज्यले मन्त्री शाहीलाई स्वागत आज स्वागत गरेका थिए ।
सोक्रममा बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बर्दघाटनगरका ब्यबसायीहरुका समस्याहरुका वारेमा जानकारी गराउनुका साथै बर्दघाट बजारका ब्यबसायीहरु धुलो र हिलोको मारमा परेकोले तत्काल समस्याको समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।