sunwal

लायन्स क्लव अफ नवलपरासी दाउन्नेले रुद्राक्षका विरुवा रोप्यो ।

41

कृष्ण ढकाल
बर्दघाट,भदौं–२०
लायन्स क्लव अफ नवलपरासी दाउन्नेले आज बर्दघाटको शिवालय मन्दिर परिसरमा वृक्षारोपण कार्य सम्पन्न् गरेको छ । बर्दघाट नगरको धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेको शिवालय मन्दिर परिसरमा धार्मिक महत्व रहेको तथा सयौं वर्ष सम्म रहन सक्ने रुद्राक्षका विरुवा र सोमिको बिरुवा रोपीएको हो ।

लायन्स क्लव अफ नवलपरासी दाउन्नेका अध्यक्ष तिलकराम खनालको अध्यक्ष र संस्थापक अध्यक्ष एवं बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा उक्त वृक्षारोपण कार्य सम्पन्न् गरीएको थियो ।

लायन छविलाल ढकालले आफ्नी आमा स्व.पवित्रा ढकालको स्मृतीमा,लायन सन्देश भण्डारीले आफ्नी आमा स्व.नारायणी भण्डारीको स्मृतीमा र लायन निलेस पौडेलले आफ्नी आमा स्व. मिरा ढकालको स्मृतिमा एक/एक वटा रुद्राक्षका विरुवा र सोमिको बिरुवा रोप्नु भएको थियो ।

वृक्षारोपण कार्यको शुभारम्भ कार्यलाई सम्वोधन गर्दे नगर प्रमुख बस्यालले शिवालय जस्तो धार्मिक स्थलमा बहुमुल्य र धार्मिक महत्व समेत रहेका विरुवा रोप्ने कार्य निक्कै प्रसंसनिय रहेको बताउनु भएको थियो । उहांले विरुवा धेरै रोपेर त्यसको वास्ता नगर्ने परिपाटी रहेका वेला थोरै र महत्वपूर्ण बिरुवाहरु रोपेर त्यसको संरक्षण गर्नु महत्व पूर्ण रहने धारणा राख्नु भएको थियो ।

लायन्स क्लव अफ नवलपरासी दाउन्नेमा आवद्ध रहेका लायन्सहरुले प्रत्येक महिना आफ्ना पित्रृहरुको स्मरण र अन्य सदस्यहरुको जन्मोउत्षबको अवसरमा बहुमुल्य विरुवाहरु रोप्ने कार्यको थालनी गर्ने क्लवको निर्णयअनुसार आफुहरुवाट नै शुरु गरीएको कार्यक्रम संयोजक लायन छविलाल ढकालले बताउनु भएको छ ।

लायन्स क्लव अफ नवलपरासी दाउन्नेका सचिव रमेश श्रेष्ठको संचालनमा भएको वृक्षारोपण शुभारम्भ कार्यक्रममा लायन युवराज डुम्रे ,लायन्स क्लव अफ नवलपरासी सुस्ताका अध्यक्ष राजु अर्याल,शिवालय मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष डालाराज पाण्डे,कमला बस्याल ,रमेश बस्याल लगाएतको उपस्थिती रहेको थियो ।