sunwal

लैङ्गिक बिभेदको अन्त्य गर्नका लागि महिलाहरु संगठित भएर अघिढ्न जरुरी ः सांसद अधिकारी

अखिल नेपाल महिला संघ बर्दघाट नगर कमिटी गठन ।

27

कृष्ण ढकाल
बर्दघाट,भदौं–१७
लैङ्गिक बिभेदको अन्त्य गर्नका लागि महिलाहरु संगठित भएर अघिढ्न जरुरी रहेको लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले नवलपरासीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ ।

नेकपा एमालेको भात्रृसंगठन अखिल नेपाल महिला संघ नवलपरासी जिल्ला कमीटीले बर्दघाटमा आयोजना गरेको नगर÷गाउँ भेला तथा सम्मेलनलाई सम्बोधन गर्दै नेता अधिकारीले उक्त कुरा बताउनु भएको हो । उहांले लैङ्गिक बिभेदको अन्त्य गर्नका लागि महिलाहरु माथिहुने धार्मिक तथा आर्थिक र सामाजिक शोषण अन्यगर्न अब महिलाहरु अखिल नेपाल महिला संघमा गोलबद्ध भएर लाग्नुको अर्काे विकल्प नरहेको बताउनु भएको थियो ।

जबसम्म महिलाहरु एकभएर अघिबढिदैन तबसम्म आफ्नो हक र अधिकार प्राप्ती गर्न कठीन हुने भएकाले अखिल नेपाल महिला संघमा गोलबद्ध भएर अघिबढ्न आग्रह गर्नु भएको थियो । नेता अधिकारीले अहिले सम्मका हेरक आन्दोलनका मोर्चामा महिला अघिल्लो स्थानमा रहने गरेको स्मरण गराउदै हिजो भन्दा भोलि पार्टीको भविष्य अझ मझबुत बनाउन महिलाहरु कटिवद्धहुनेमा आफु विश्वश्त रहेको धारणा राख्नु भएको थियो ।

फरक प्रसंगमा नेता अधिकारीले अहिले केही ब्यक्तिहरु नेकपा एमालेवाट चोईटिएर गएपनि पाटी अहिले झन मज्बुत हुँदै गएको बताउनु भयो । अन्य स्थानमा चोईटिनेहरुवाट पार्टीमा केहि असर परेपनि नवलपरासीको नेकपा एमाले भने सतिसाल जस्तो भएको हुनाले कुनैअसर नपरेको बताउनु भएके थियो ।

त्यसैगरी सोहि कार्यक्रममा बोल्दै अखिल नेपाल मिहला संघकी केन्द्रीय सदस्य बिमला अर्यालले अनेमसंघ भनेको महिला नेता उत्पादन गर्ने कारखाना रहेको बताउनु भएको थियो । उहांले महिलाको क्षमताको कदर गर्दै अर्थपूर्ण सहभागीता अहिलेको आवश्कता रहेको भन्दै राज्यका हरेका निकायमा महिलाको क्षमता हेरीकन अर्थपूर्ण सहभागीता गराउन जरुरी रहेकोमा जोड दिनु भएको थियो । त्यसैगरी महिला नेत्री अर्यालले संगठनलाई विस्तार गर्दै बलियो बनाउदै आगामी निर्वाचनको परिणाम नवलपरासीका सातै स्थानिय तह,प्रदेश र केन्द्रमा सबै एमालेमय बनाउन लाग्न महिलाहरुलाई निर्देशन समेत गर्नु भएको थियो ।

अखिल नेपाल महिला संघ नवलपरासी जिल्ला कमीटीकी अध्यक्ष राधा ढकालको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले नवलपरासीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले स्कुल विभाग केन्द्रीय कमिटिका सदस्य बद्री खनाल,अखिल नेपाल महिला संघ केन्द्रीय कमिटि सदस्य सरीता खनाल,नेकपा एमाले जिल्ला सचिवालय सदस्य धिरज शर्मा लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन नेकपा एमाले जिल्ला सचिवालय सदस्य सिमा गिरीले गर्नु भएको थियो ।

अखिल नेपाल महिला संघ बर्दघाट नगर कमिटी गठन ।

अखिल नेपाल महिला संघ नवलपरासी जिल्ला कमीटीले बर्दघाटमा आज आयोजना गरेको नगर÷गाउँ भेला तथा सम्मेलनले सुशिला पराजुली (पौडेल)को अध्यक्षतमा अखिल नेपाल महिला संघ बर्दघाट नगर कमिटी गठन गरेको छ ।
जस्को उपाध्यक्षमा उमा पाण्डे,सचिवमा सृजना आचार्य,सह–सचिवमा गिता पाण्डे(भण्डारी) र कोषाध्यक्षमा रेखा ज्ञवालीलाई सर्बसम्वत रुपमा चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा यम माया भण्डारी,अम्वीका गुरुङ्ग,बिष्णु वि.क.जमुना सुनार,अमिना पाठक,टिका अर्याल,रेनुका मिश्र,राधादेवि चौधरी लगाएत ५१ सदस्य अखिल नेपाल महिला संघ बर्दघाट नगर कमिटी गठन भएको छ ।