sunwal

बाढीका कारण नवलपरासी जिल्लामा ३ जनाले ज्यान गुमाए ।

40

कृष्ण ढकाल
बर्दघाट,भदौं–११
अविरल परेको बर्षाका कारण आएको बाढीले नवलपरासी जिल्लामा ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा रामग्राम नगरपालिका वडा नम्वर–१८बन्जरीयाका विनोद प्यासी , प्रदिप प्यासी र सुनवल–४ तुरियाकी एलिसा तामाङ्ग रहेकीछन् ।
लगातार भएको बर्षाका कारण आएको बाढी घरमा पसेपछि सुरक्षित स्थानको खोजीमा जानेक्रममा बाढीले बगाउदा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एंव सुचना अधिकारी राजु लामाले जानकारी दिनु भएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा रामग्राम नगरपालिका वडा नम्वर–१८,बन्जरीयाका ३७ बर्षीय विनोद प्यासी र उनका १३ बर्षीय छोरा प्रदिप प्यासी रहेका छन् । त्यसैगरी सुनवल–४ तुरिया खोला नजिकै घरभएकी १० बर्षीय एलिसा तामाङ्ग रहेकी छन् ।
बाढीले बगाएका बन्जरीयाका प्यासीका बाउछोराको शव घर भन्दा केहि तल खेतमा फेला परेको छ भने सुनवल–४ तुरियाकी एलिसा तामाङ्गको शब भने अझैसम्म फेला नपरेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी गराउनु भएको छ ।

यता


अविरल परेको बर्षाका कारण नवलपरासी जिल्लाका विभिन्न स्थानमा भएको मानविय क्षती तथा भौतीक क्षती प्रति नेकपा एमाले नवलपरासी जिल्लाले दुःख ब्यक्तगर्दै सबैलाई उद्धार कार्यमा जुट्न आग्रह गरेको छ ।

नेकपा एमाले नवलपरासी जिल्लाका अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीका सबै पंक्ती र सम्र्पूण जनवर्गीय संगठनहरुलाई उद्धार एवं मानविय सहयोगमा जुट्न विज्ञप्ती मार्फत अपिल गर्नु भएको छ ।