कृष्ण ढकाल
बर्दघाट,भदौं–८
बर्दघाट नगरपालिकाले आफ्ना नगर प्रहरीहरु र दम्कल चालक सहित सम्वन्धित ब्यक्तिहरुलाई ३ दिने अग्नीनियन्त्रण सम्वन्धि तालीम शुरु गरेको छ । आज देखि शुरु भएको उक्त तालीममा दम्कलको प्रयोग र त्यसको चुनौती संगै आईपर्ने समस्याहरुको समाधानका वारेमा जानकारी दिन उक्त तालीमको आयोजना गरेको बताईएको छ ।
बर्दघाट नगरपालिकाको परिसरमा आयोजना गरीएको उक्त तालीमको सहजिकरणकका लागि चितवनको भरतपुर महानगरपालिका का अग्नि नियन्त्रण अधिकृत देवेन्द्र रेग्मी खटिनु भएको छ ।
दम्कल सेवाप्रदान सम्वन्धि तालीममा दमकलका उपकरणहरु र त्यसको प्रयोग विधिसंगै आईपर्ने समस्या र समाधानका वारेमा समेत जानकारी दिने उद्धेश्यले उक्त तालीमको आयोजना गरीएको हो ।
बर्दघाट नगरपालिकामा दम्कल खरीद गरी ल्याएसंगै अहिले सम्म बर्दघाट नगरपालिकाको दम्कलको प्रयोग गरेर बर्दघाट नगरप्रहरीले नवलपरासी र रुपन्देहीका गरी २५ वटा आग्लागीका घट्नाहरुमा पुगेर आगो नियन्त्रणमा सहयोग गरीसकेको बर्दघाट नगरप्रहरी प्रमुख पिताम्वर सापकोटाले जानकारी दिनु भएको छ ।
अहिले सम्म दम्कलका बारेमा कुनै जानकारी बिना नै बर्दघाट नगर प्रहरीले अग्नी नियन्त्रणमा खटिएर काम गरेको प्रति आश्र्चय मान्दै तालिम प्रदानगर्न आउनु भएका अग्नि नियन्त्रक रेग्मीले उहांहरुले गरेको काम प्रति आफु निक्कै खुशि भएको बताउनु भएको थियो ।
पहिले विना जानकारी सेवा प्रवाह गरेका नगर प्रहरीहरुले अब अग्नी नियन्त्रणको तालीम पाएसंगै छिटो छरीतो र सुरक्षीत तरीकाले कार्यगर्नेमा आफु विश्वश्त रहेको अग्नीनियन्त्रक रेग्मीको भनाई रहेको छ ।