Sarawal sit lahar Notis

संचार सेवा संघले आफ्नो सेवाको क्षेत्र विस्तार गर्ने निर्णय गर्यो

44

परासी ,भदौं–८
पछिल्लो दश वर्ष देखी परासी क्षेत्रका मानिसहरुको सेवाका लागि एम्बुलेन्स सेवा संचालन गर्र्दै आएको क्रान्तिकारी पत्रकार संघलाई नामपरिवर्तन गरी संचार सेवा संघ बनाएसंगै यसले आफ्नो सेवाको क्षेत्र विस्तार गर्ने भएको छ ।
संचार सेवा संघ नवलपरासीका संरक्षक संविधान सभा सदस्य विनोद पहाडीको विशेष उपस्थितीमा सोमवार परासीमा बसेको पुर्ण बैठकले संचार सेवा संघको कार्य क्षेत्र विस्तार गर्दै पत्रकारिता क्षेत्र तथा सामाजिक सेवाको क्षेत्रमा काम गर्ने बताईएको छ ।
आफनो कार्य क्षेत्र विस्तार गर्ने निर्णय गर्दै संस्थाले अर्को एम्बुलेन्स संचालन गर्नका लागि पहल गरिने, संस्थालाई जिवित र गतिशिल बनाउनका लागि पत्रकारिता एवं सामाजिक क्षेत्रमा कल्यांणकारी कामहरु गर्ने, संस्थाको साधारण सदस्यहरु विस्तार गर्ने लगाएतका निर्णयहरु गरेको संचार सेवा संघ नवलपरासीका अध्यक्ष गोपी ज्ञवालीले बताउनु भएको छ ।
संस्थाले स्थानिय पालिका स्तरमा पत्रकारिताको विकासका लागि पत्रकारिता तालिम संचालन गर्ने, सामजिक सेवा र जागरण फैलाउने प्रकारका सामाजिक कामहरुमा समेत संस्थाले काम गर्ने, पत्रकारिता मार्फत समाजमा पछाडी पारिएका समुदायहरुमा जागरण ल्याउने लगाएतका कामहरु गर्नुका साथै संस्थाको साधारण सदस्यता समेत विस्तार गर्ने लगाएतका निर्णय गरेको संस्थाका सचिव धु्रव नारायण बनियाले बताउनु भएको छ ।
अध्यक्ष गोपी ज्ञवालीको अध्यक्षतामा बसेको पुर्ण बैठकले संचार सेवा संघको सल्लाहाकारमा पत्रकार डाक्टर बालकृष्ण चापागाई, कर्ण बहादुर कार्की, केशव पराजुली, बालकृष्ण रानाभाट, कुल प्रसाद शर्मा, सामाजिक ब्याक्तित्व नारायण साप्कोटा, मिना ढकाल, संविधान सभा सदस्य सिता बौडेल एवं चिनक कुर्मीलाई संस्थाको सलाहाकारमा मनोनयन गर्ने निर्णय समेत गरेको अध्यक्ष गोपी ज्ञवालीले बताउनु भएको छ ।
संघले सेवा क्षेत्र विस्तार गरि भौगोलिक रुपमा पनि लुम्बिनी क्षेत्रलाई समेटने गरी काम गर्ने बताईएको छ । संस्थाका संरक्षक विनोद पहाडी संविधान सभा सदस्य भएको समयमा सांसद विकास कोषको रकमबाट परासीमा केन्द्र हुने गरि क्रान्तिकारी पत्रकार संधले एम्बुलेन्स सेवा संचालन गरेको थियो भने पछि संस्थाको नाम क्रान्तिकारी पत्रकार संघबाट परिवर्तन गरी संचार सेवा संघ बनाईएको हो ।