sunwal

मन्त्रालयको बाँड फाँडमा कुरा नमिल्दा जसपा सरकारमा जान ढिलाभयो ः पूर्व मन्त्री चौधरी

56

गौरीशंकर जयसवाल
परासी २७ साउन
जनता समाजबादी पार्टी नेपालको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । जनता समाजबादी पार्टी नेपाल प्रतापपुर गाउँकमिटी र सुस्ता गाउँकमिटीको संयुक्त आयोजनमा आज अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रम प्रतापपुर गाउँपालिकाको त्रिभुवन क्याम्पस बेलाटारी सम्पन्न भएको हो ।

जसपा नेपालका प्रदेश क्षेत्रिय अध्यक्ष असरफ अली चुरिहारको अध्यक्षता तथा जसपाका केन्द्रिय सदस्य एव पूर्व शिक्षा राज्यमन्त्री गोबिन्द चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै चौधरीले जसपाको आधीकारीक पाटीै उपेन्द्रको पार्टीमा आउन सबैलाई अग्रह गरेका थिए ।

उनले अन्य नेताहरु पार्टी छाडेएर गएको नेताहरु आउने चाहनेहरुलाई पार्टीमा सदैभरीको लागि ढोका खुल्ला रहेको बताए । जसपा देउवा नेतृत्वको सरकारमा छिटै नै सहभागि हुने बताउदै मन्त्रालय बाँड फाँडमा मा कुरा नमिल्दा सरकारमा जान ढिलो भएको बताए ।

कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले मधेशीको हक आधिकारको लागि लडने एक मात्र जसपा पार्टी नै भएको बताउदै अधिकारवाट बन्चित उत्तपिडन जातजातिको अधिकारको लडाईको लागि जसपाको जन्म भएको बताए ।

उनले जसपा अब बैकल्पिक शाक्तिको रुपमा अघि बढको बताउदै अब आउने चुनावमा नेपाली काँग्रेस एमाले पछि देशको तेस्रो पार्टी रुपमा आउने समेत दाबी गरे । उनले भने प्रसाशासनले भारतीय मोटसार्इकल चालउने रोक्क लगाउने कामको आपत्तिजानक रहेको र प्रशासनले भारतीय प्लेटको मोटर साईकल चलाउन दिनुपर्ने बताए ।

कार्यक्रममा जसपाका केन्द्रिय सदस्य एवम सबिधान सभा सदस्य चिनक कुर्मी,केन्द्रिय सदस्य एवम पूर्व रक्षाराज्य मन्त्री राबच्चन यादव पाटीका केन्द्रिय सदस्य मुन्ना गुप्ता प्रदेश सदस्य मन्नु पाल ,जसपाका कार्यकारिणी सदस्य लख्खु यादव लगाएतको उपस्थिति रहेको थियो ।