गौरीशंकर जयसवाल
परासी २५ साउन
जनता सामाजबादी पार्टी नेपाल महन्त ठाकुर पक्षका बरिष्ठ नेता राजेन्द्र महतोले मधेशी एकताको बिखण्डनकारी उपेन्द्र यादव रहेको अरोप लगाएका छन । उनले उपेन्द्र यादव नै मधेशी एकता बिर्थोल्न र मधेशीको मागको भावना बिपरीत कार्य गर्ने गरेको बताए ।
पश्चिम नवलपरासीमा जनता सामाजबादी पार्टी नेपाल पश्चिम नवलपरासीले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै महतोले पार्टी एकता मधेशको रक्षाका लागि लड्नको निम्ति गरिएको तर उपेन्द्र यादवले पार्टी बिभाजन गरेर मधेशी जनताको अधिकार माथी कुठाराघात गरेको आरोप लगाए ।
उनले भने उपेन्द्र यादवको पार्टी बिभाजन तिर गईसकेको थियो तर हामीले पार्टी एकता गरेर उनको पार्टी जोगाईदिएको हो । उपेन्द्र यादवले मधेशको मागको बिषयमा सरकार समक्ष नउठाउने बरु मधेशको बिभाजन गर्ने र मधेश टुक्राउने खेलमा लागेको महतोको भनाई थियो ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका महतो उपेन्द्र यादव १८ महिना सरकारमा हुदाँ मधेशको मुद्धा सम्बोधन गराउन नसकेको तर हामीले ओली नेतृत्वको सरकारमा सहभागि नहुनु अगाडी नै मधेशको केही मुद्धा ओली सरकारले पुरा गरेको बताए ।
ओली नेतृत्वको सरकारले नागरिकता र मधेशको बुद्धा सम्बोधन गर्ने लाग्दा उपेन्द्र यादवलाई सहीय नहुदाँ पार्टी बिखण्डन गरेको महतोले आरोप लागाए । उनले भने पार्टी एकतालाई बिखण्डन गरी मधेशी जनताको अधिकार माथी खेलवाड र मधेशको मुद्धालाई कमजोर बनाउन चलखेलमा लागेको बताए ।
मधेशी जनातको चहना अनुसार नै उपेन्द्र यादवको पार्टीसंग एकता प्रक्रिया अगाडी बढाएर पार्टी एकता गरिएको तर त्यही मधेशी जनताको चहाना अकाक्षालाई उपेन्द्रले सत्त्ता कुर्सीको लागि पार्टी एकता तोडेको बताए ।
यस्तै महान्थ ठाकुर पक्षका जनता सामाजबादी पार्टी नेपालकाअर्का नेता सर्वेन्द्रनाथ शुक्लाले ओली सरकारले मधेसका मुद्दा सम्बोधन गरेको बताए । उनले अोलि सरकारले नागरिकताको विधेयकको संम्बोधन लागि लागेको तर सभामुखले रोकेको बताउदै मधेसी नेता माथि लागेको मुद्दा हटाउन खोजिरहेको तर बर्तमान सरकारले मधेसका लागि काम नगरेको बताए ।
प्रतिगमनकारी भुमिका निभाएको, मधेसका मुद्दा ओलीले संबोधन गरेको हुनाले सरकारमा गएको,शुक्लाको भनाई थियो । मधेसीका लागि राम्रो काम गरेको हुनाले ओली सरकार प्रतिगमनकारी नभएको शुक्लाले बताए।जनता सामाजबादी पार्टी नेपाल नवलपरासीका अध्यक्ष मुकुरजि गिरीको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय सदस्यद्वय दुर्गा चौधरी, हैदर अली युवा नेता नगेन्द्र अग्रहरी,पार्टीका प्रवत्ता रमाअज्ञा पाण्डे लगायतले बोलेका थिए ।