कृष्ण ढकाल
बदईघाट,साउन–२१
लुम्बिनी प्रदेश सरकारले कृषिमा गरेको लगानी अनुसारको प्रतिफल नआएपछि यस आर्थिक वर्षवाट प्रदेशका सबै वडाहरुमा जेटिए भर्ना गर्ने तयारी गरीएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताउनु भएको छ ।
कृषि ज्ञान केन्द्र नवलपरासीले आयोजना गरेको आ.ब.२०७८÷०७९ को बार्षिक कार्यक्रमहरुको समिक्षा कार्यक्रमलाई संबोधन गर्दै मन्त्री चौधरीले उक्त कुरा बताउनु भएको हो ।
कृषी उत्पादनमा बृद्धि गरेर समाज समृद्धि तर्फ लैजानका लागि किसानहरुलाई समयमा मल तथा बिउविजन र जेटिए सेवा सर्बसुलभ गर्न सकेमात्र कृषि उत्पादनमा बृद्धि हुने भएकाले प्रदेश सरकारले जेटिए भर्ना गर्ने तयारी गरीएको मन्त्री चौधरीको भनाई रहेको थियो ।
लुम्बिनी प्रदेश का ९ सय ८३ वटै वडाहरुमा ५ औ तहका जेटिएहरु भर्ना गरेसंगै कृषकले प्रत्यक्ष फाईदा लिन सक्नेखालको ब्यवस्था मिलाउनका लागि स्थानिय पालिकाहरुले उचित ब्यवस्थापन गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताउनु भयो ।
कृषि ज्ञान केन्द्र नवलपरासीका कार्यालय प्रमुख देवेश कुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान मन्त्री लिला गिरी,लुम्बिनी प्रदेश सभा सदस्य,जिल्ला समन्वय समितिका अध्यक्ष ,जिल्लाका नगरपालिका र गाउँपालिका प्रमुख ,प्रमुख जिल्ला अधिकारी लगाएतको सहभागिता रहेको थियो ।