sunwal

विद्यालय सञ्चालनको वातावरण बनाइदिन अनुरोध

26

बुटवल असार १९

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीले विद्यालय सञ्चालनको वातावरण सिर्जना गरिदिन भन्दै रुपन्देही प्रशासनसँग अनुरोध गरेको छ ।
लामो समयको लकडाउनले शैक्षिक क्षेत्र अस्तव्यस्त भएको र विद्यार्थीहरुमा नकारात्मक मनोसामाजिक असर परेको भन्दै विद्यालय आउने–जाने वातावरण सहज गराइदिन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसमक्ष अनुरोध गरेको हो ।
प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलको नेतृत्वमा गएको टोलीले अनलाइन वा वैकल्पिक कक्षाले विद्यार्थीको शिक्षण सिकाइ त्यति प्रभावकारी नभएको, कोरोना संक्रमण दर न्यून हुँदै गएको र सबै क्षेत्र खुल्दै गएको भन्दै भौतिक रुपमै आलोपालो भए पनि विद्यार्थीलाई विद्यालय आउने–जाने वातावरण बनाउन आग्रह गरेको हो ।
प्रजिअ आसमान तामाङसमक्ष बुझाइएको चारबुँदे अनुरोध पत्रमा जिल्लाको भौगोलिक परिवेशअनुसार इन्टरनेटको उपलब्धता कमजोर भएको र अभिभावकहरुसं“ग स्मार्ट फोन, मोवाइल, ल्याप्टप अािद न्यून भएका कारणले बैकल्पिक माध्यमबाट अनलाइन कक्षा सञ्चालनको प्रयास त्यति प्रभावकारी र उपलब्धिमूलक नदेखिएको दावी गरिएको छ ।
अनुरोधपत्रमा आफ्ना शिक्षक–कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोप यथाशीघ्र उपलब्ध गराउन समेत माग गरिएको छ ।
सेनेटरी प्याड, सेनेटाइजर, माक्स आदि सामग्री उपलब्ध गराउ“दा संस्थागत र सामुदायिक विद्यालयबीच विभेद नगर्न र संंस्थागत विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरुको जीवनयापन कठिन बन्दै गएकोले राहतको ब्यवस्था गरिदिनसमेत अनुरोध गरिएको छ ।
प्याब्सनका सचिव लक्ष्मण ज्ञवालीका अनुसार अनुरोध पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्याब्सनका अनुरोधप्रति आफू सकारात्मक रहेको र कोरोना संक्रमण दर घट्दै गए विस्तारै सबै क्षेत्र सहज हुँदै जाने बताउनुभयो ।