यस धर्तीमा पर्दार्पण गर्ने धेरै मानिस हुन्छन् । त्यसमध्ये थोरैले मात्र सार्थक जीवन जिउने गर्दछन् । कमैले मात्र सर्वसाधारण जनजनको मनमा बास बस्न र असीमित माया पाउन सक्छन् । जो मरेर पनि युगयुगसम्म बाँचिरहन्छन् । त्यस्ता युगपुरुष, सच्चा सपुत र अद्भूत व्यक्तित्व जननेता मदन भण्डारीको जन्म वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँगु गाउँमा भएको थियो । मदन सानै उमेरदेखि तीक्ष्ण दिमाग भएका व्यक्ति हुनुहुन्थ्यो । वहाँले स्कुले शिक्षा ताप्लेजुङ र मोरङको इटहरीमा पुरा गर्नुभएको थियो भने उच्च शिक्षा भारतको बनारस विश्वविद्यालयबाट प्राप्त गर्नुभएको थियो । त्यसै समयदेखि नै मदनको कम्युनिष्ट विचारधारामा लगाव बढ्दै गएको थियो । त्यो समय उहाँले जनतालाई जुरुकजुरुक पार्ने खालका प्रगतिवादी साहित्यको सिर्जना गर्नुहुन्थ्यो । त्यसैले त वहाँ भर्खरको कलिलो ठिटो उमेरमा युद्धप्रसाद मिश्र अध्यक्ष र मोदनाथ प्रश्रित महासचिव हुनुभएको साँस्कृतिक मोर्चाको केन्द्रीय सदस्य बन्नुभएको थियो । त्यसपछि वहाँको भारतमा बस्ने प्रमुख नेताहरूसँग भेटघाट बढ्दै गयो । नवीन विचार र चिन्तन राख्ने अध्ययनशील तथा सिद्धान्तमा दृढ र रचनात्मक एक होनहार व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले त उहाँले पार्टी राजनीतिमा दू्रत गतिमा फड्को मारी नेतृत्व संभाल्न सफल हुनुभएको थियो । उहाँले २०३० सालदेखि पार्टीको पूर्णकालिन सदस्यको जिम्मेवारी लिनुभएको थियो । त्यसपछि मुक्तिमोर्चाको जिम्मेवारी पुरा गरी पार्टी केन्द्रीय कमिटी सदस्य हुँदै २०३९ सालमा पार्टीको पोलिटब्यूरो सदस्य चुनिनु भएको थियो ।
बहस छलफल र समस्याको चुरो पत्ता लगाएर समाधान खोज्न सक्ने दूरदर्शी व्यक्ति हुनुहुन्थ्यो । इतिहासलाई सम्मान गर्ने र इतिहासले वर्तमान र भविष्यलाई मार्गदर्शन गर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो । सादा जीवन उच्च विचार राख्ने मदन जनताको घर दैलोमा जाँदा जनताले जे दिन्छन्, जस्तो दिन्छन् त्यस्तै खाने, जनतासँग सरल रूपमा प्रस्तुत हुने, जनतालाई माया गर्ने एक शिष्ट र भद्र नेता हुनुहुन्थ्यो ।
पार्टीको निम्ति अत्यावश्यक वैचारिक नेतृत्व दिनसक्ने दूरदर्शी नेता मदन भण्डारी २०४६ सालको भदौमा भएको नेकपा मालेको चौथो महाधिवेशनबाट महासचिवमा निर्वाचित हुनुभयो ।
वहाँकै नेतृत्वमा साहना प्रधानको अध्यक्षतामा संयुक्त वाममोर्चा निर्माण र नेपाली कांग्रेससँग कार्यगत एकता गर्ने चौथो महाधिवेशनले राष्ट्रिय हित र जनताको मुक्तिको निम्ति कदम चाल्ने ऐतिहासिक निर्णय गरिएको थियो । फलस्वरूप २०४७ साल चैत्र २६ गते बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भयो । तत्पश्चात् बनेको अन्तरिम सरकारले २०४७ साल कार्तिक २३ गते नयाँ संविधान जारी ग¥यो । पार्टी महासचिव मदन भण्डारीले आलोचनाका २७ बुँदा प्रस्तुत गर्दै उक्त संविधानलाई तत्कालिन नेकपा मालेले आलोचनात्मक समर्थन गरेको थियो । सामाजिक, आर्थिक, राजनीतिक, जातीय धार्मिक, भाषिक, लैङ्गिक र साँस्कृतिक आदि लगायत महत्त्वपूर्ण विषयहरू उल्लिखित थिए ।
२०४८ सालको निर्वाचनमा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नुभयो । त्यतिबेला चुनावी आमसभा तथा पार्टीका धारणा कार्यक्रममा बोल्दै वहाँले सबैको मुटु थर्कमान गराउनु भएको थियो । साथै जनताको अपार माया प्राप्त गर्न सफल हुनुभएको थियो । मदनले राजा वीरेन्द्रको सवालमा निर्भिकतापूर्वक आफ्नो भनाइ राख्नु भएको थियो । “संविधानमा दिएको सम्मानका आधारमा राजा त्यहीभित्र सीमित भएर रहने हो भने राजासँग विशेष आपत्ति हुने छैन । राजा मान सम्मानको उपभोग गर्दै किनारामा बसीबक्सियोस्, यदि सुन्ड मुसुन्डहरूलाई चलाएरु अगाडि लगाउने हो भने महाराजले नै श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता भएर आउन प¥यो” । यसरी राजा वीरेन्द्रको मुटु थर्काउनु भएको थियो । मदन भण्डारी स्पष्ट वक्ता, इमानदार, अनुशासित, दूरदर्शी र देशभक्त नेता हुनुहुन्थ्यो । वहाँले चाहे वाममोर्चामा रहेर धोका दिनेलाई होस्, चाहे ढाँट, छल, भ्रष्टाचार, असमान सन्धि आदिका बारेमा, चाहे संवैधानिक राजाका सवालमा होस् तिनको शल्यक्रिया गरेर जनताको सामु ऐनाभैmँ छर्लङ्ग पारिदिनुहुन्थ्यो भने भारतीय विस्तारवाददेखि युरोप अमेरिकालगायत पश्चिमा पूँजीवादी, साम्राज्यवादीका नाइकेहरूको मुटु थर्काउँदै उनीहरूको खराब कुराको जनता सामु धज्जी काढ्नु भएको थियो । त्यसैले त विश्व प्रतिष्ठित न्यूज विकले “नेपालमा कार्लमाक्र्स जीवित छन्” अन्तर्वार्ता प्रकाशित गरेको थियो । विभिन्न देशले निम्तो दिनेको चाङ्ग लागेको थियो । सञ्चार माध्यमले अन्तर्वार्ता विचार छाप्ने लर्को लाग्ने गरेको थियो । उपर्युक्त समयमा नेता भण्डारीले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चर्चाको शिखर चुम्नु भएको थियो ।
विश्व कम्युनिष्ट आन्दोलन अस्किरहेको बेला सोभियत संघ र पूर्वी युरोपमा समाजवादी व्यवस्थामाथि संकट आएको थियो । विश्व कम्युनिष्ट आन्दोलनमा गिरावट आएर थला नै परेको थियो । त्यो अवस्थामा पूँजीवादी, साम्राज्यवादीका नाइकेहरूले खुशियाली मनाउँदै भोज खाइरहेको बेला थियो । कम्युनिष्ट आन्दोलनप्रति निराशता छाएको थियो । यस्तो बेलामा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको नकारात्मक अनुभव र कमी कमजोरीबाट शिक्षा लिँदै उच्चतम विचार माक्र्सवादको नवीन प्रयोग गरेर जवजको प्रभुत्व व्याख्याताको प्रवर्तक जननेता मदन भण्डारी बन्नु भयो ।
जवजको बीजारोपण २०४६ सालको चौधौं महाधिवेशनबाट भएको थियो भने २०४९ मा काठमाडौंमा सम्पन्न पाँचौं महाधिवेशनले जवजलाई नेपाली क्रान्तिको कार्यक्रमको रूपमा पारित गरेको थियो ।
बहुदलीय प्रतिस्पर्धा, जनताबाट अनुमोदित विचार, प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, कानुनी शासन, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष र जनताको बहुदलीय जनवाद आदि लगायतका विषयलाई कार्यक्रममा समेटिएको थियो ।
यही विचारले आज नेकपा एमालेलाई मार्गदर्शन गरेको छ । नेपाली विशेषता, नेपाली माटो र आवश्यकताको आधारमा जवज जन्मिएको थियो । यस विचारका प्रणेता मदन भण्डारीको २०५० जेठ ३ गते अकल्पनीय र रहस्यमयी जीप दुर्घटनाबाट निधन भयो । उक्त घटनाले सारा नेपालीका आँखामा आँसुको वर्षा भएको थियो । देश पुरै शोकमा डुबेको थियो । सम्पूर्ण नेपाली लोकतान्त्रिक राजनीतिक वृत्तका लागि त्यो एउटा कहालीलाग्दो कालो दिन थियो । उहाँको भौतिक शरीर नरहे तापनि उहाँका विचार सिद्धान्तले आज नेकपा एमालेलाई यो हैसियतमा पु¥याउन र देश र जनताको भाग्य र भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान रहेको छ ।
मदन भण्डारीका विचार र सिद्धान्तलाई आज वहस र छलफल चलाउन र प्रचारप्रसार गर्न जरुरी छ । अध्ययन, अनुसन्धान गरेर वहाँका विचारलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा परिचर्चा र स्थापित गर्न आवश्यक कदम बढाउनु पर्ने हामी सबैको कर्तव्य हाचे । वहाँको ७० औं जन्मजयन्ती सप्ताहव्यापी रूपमा मनाइरहँदा सही सम्मान र सम्झना यो अर्थमा हुने छ कि उहाँको रिक्ततालाई महसुस हुन नदिन आजको दिनमा पार्टीलाई एकतावद्ध राख्न प्रतिवद्ध भई नेपाल र नेपालीको भविष्य निर्माणको लागि अघि बढ्न सक्नुपर्छ ।
जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा भावपूर्ण श्रद्धाञ्जलि !!
संविधानसभा सदस्य
सिन्धु जलेसा बुढाथोकी