Sarawal sit lahar Notis

चिसापानी अस्पतालको जग्गा संरक्षणका लागि तारवार गछौं ः राष्ट्रिय युवा संघ नेपाल

30

कृष्ण ढकाल
बर्दघाट,साउन–१५
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीले बर्दघाट–२ चिसापानीको ढेंडारी फांटमा रहेको बर्दघाट – २ ग कित्ता नम्बर १३१० को ८ बिघा २ कठ्ठा १२ धुर जग्गा चिसापानी अस्पतालका लागी बचाउनु पर्ने भन्दै तारवार गर्ने जनाएको छ ।
चिसापानीका स्थानीयवासीहरुले गरेको जग्गा संरक्षण अभियानमा एक्कवद्धता जाहेरगर्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीले जग्गा गलत तरीकाले टेन्डरगरी भू–माफियाको हातमा नदिन भन्दै राष्ट्रिय आवास कम्पनी लि.योजना कार्यालय नवलपरासी ,बर्दघाट –१,पुर्नवासलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा पहिले राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीले तालावन्दी गर्दा गरीएको संझौताको कार्यान्वयन र स्थानिय सुकुम्वासीको ब्यवस्थापन गर्नु पर्ने र बांकी जग्गामा चिसापानी अस्पताल तथा ट्रमा सेन्टर बनाउने भएकोहुदा सो जग्गाको संरक्ष्ँणका लागि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीले तारवार गर्ने कुरा उल्लेख गरीएको छ ।

जिल्ला संयोजक युबराज डुम्रेको हस्ताक्षर रहेको ज्ञापान पत्र विहिवार राष्ट्रिय युवा संघको टोलीले राष्ट्रिय आवास कम्पनी लि.योजना कार्यालय नवलपरासी ,बर्दघाट –१,पुर्नवासका योजना प्रमुख महेन्द्र थापालाई बुझाएको थियो ।