गौरीशंकर जयसवाल
परासी ६ साउन
नेपाली काँग्रेस जिल्ला कार्यसमिति पश्चिम नवलपरासीले पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफुल बितरण गरेको छ । काँग्रेसले ३९ अौ बि पी स्मृतिमाको अवसरमा अस्पतालका बिरामीहरूलाई फलफुल बितरण गरेको हो ।
नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सासद बैजनाथ जैसवालको प्रमुख आथिथ्यता तथा नेपाल काँग्रेस पार्टीकन जिल्ला सभापति बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा अस्पतालका बिरामीहरूलाई फलफुल बितरण गरिएको काँग्रेसका जिल्ला सचिव बिक्रम यादवले जानकारी दिए ।
अस्पतालका ३० जना बिरामीहरूलाई फलफुल बितरण गरेको काँग्रेस नवलपरासीले जनाएको छ। जिल्ला समन्वय समितिका अध्यक्ष शिवशकर राय,नेपाल पत्रकार महासघका जिल्ला अध्यक्ष हरिशर्मा,पृथ्वी चन्द्र अस्पताल बिकास समितिका अध्यक्ष जगदिश चौधरी लगायतले बिपिको योगदानको बारे चर्चा गरेका थिए