sunwal

बर्दघाट–२,बाँसखोला र संसारकोटमा बिजुलीबत्ति पुग्यो,स्थानिय हर्षित

192

कृष्ण ढकाल
बर्दघाट,असार–२६
बर्दघाट नगरपालिकाको पहाडीक्षेत्रका रुपमा रहेको वडा नम्वर–२ को बाँसखोला र संसारकोटका नागरीकहरुले आज देखि बिजुलीबत्ति बाल्न पाएका छन् । पुर्व–पश्चिम राजमार्गको भुताहादेखि करिव ७ किलोमिटर उत्तरमा पर्ने बर्दघाट–२,बाँसखोलामा आज एक कार्यक्रमको आयोजनागरी लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बिजुलीबत्ति बाल्ने कार्यको शुभारम्भ गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य अधिकारीले बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा रहेका सबै नागरीकहरुको सहजताका लागि तिनै तहका सरकारहरु मिलेर बाटो,बिजुली खानेपानी लगाएतका सुबिधाहरु उपलब्ध गराउन सफल भएको बताउनु भएको थियो । पहाडी क्षेत्रमा यातायातको सहज पहुच भएपछि त्यसको फाईदा लिएर आफ्नो जिवन शैलिमा परिर्वतन ल्याउनका लागि अब स्थानियवासीहरु उत्पादनसंग जोडीन जरुरी रहेकामा जोड दिनु भएको थियो ।

पहाडको हावापानी सुवाउदो ब्यवसयिक उत्पादनहरुमा जोडीएर त्यहांको उत्पादन तराईका बजारहरुमा लगेर विक्रि वितरण गर्ने खालको वातावरण तयार नगर्दा सम्म स्थानियवासीहरुको आर्थिक समृद्धि नहुने र जिवन शैलिमा परिर्वतन नआउने बताउनु भएको थियो ।

त्यसैगरी बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले नगरपालिकाले पहाडीक्षेत्रका जनताहरुको आम्दानीको स्रोतका लागि बाख्रापकेट क्षेत्र लगाएतका कार्यक्रम लागुगरेको जानकारी गराउनु भएको थियो ।

बर्दघाट नगरपालिका वडा नम्वर–२ की वडाअध्यक्ष दया दर्लामीको अध्यक्षता र वडा सदस्य प्रेम सोमयको संचालनमा भएको कार्यक्रममा बोल्दै नेपाल बिद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख जगन्नाथ झा ले बा“सखोला र संसारकोटमा बिजुली बत्तिको विस्तार गर्दा ८५ लाख ९१ हजार २ सय ३ रुपैया खर्च भएको जानकारी गराउनु भएको थियो । उहांले संसारकोटमा बिजुली ३.२ कि.मी.एच.टि लाईन निमार्ण भएको र जस्मा ७५ थान फलामको पोल प्रयोग गरीएको बताउनु भयो ।
त्यसैगरी बांसखोलामा ३ कि.मि. एच.डि. लाईन निमार्ण गरी ७३ थान सिमेन्टका पोलहरु प्रयोग भएको बताउनु भयो । त्यसैगरी एल.टि. लाईन १.१ कि.मि. निमार्ण गर्न २० थान सिमेन्टका पोल प्रयोग भएको झा ले बताउनु भएको थियो ।
बर्षौ देखि अध्यारोमा रहेका बाँसखोला र संसारकोटका नागरीकहरुको घरमा बिजुली बत्ति बाल्नका लागि ट्रान्सफरमर राख्न बर्दघाट नगरपालिकाले ९ लाख ७८ हजार रुपैया सहयोग गरेको थियो ।
नेपाल बिद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रले नेपाल सरकारको पूर्ण ग्रामिण बिद्युतीकरण कार्यक्रमलाई बा“सखोला र संसारकोट क्षेत्रमा नै लागु गरेसंगै अहिले त्यक्षेत्रका सबै जनताहरुको घर घरमा निःशुल्क मिटर जडान गरीएको छ ।
त्यसैगरी नेपाल सरकारले ल्याएको निति अनुसार अधिक्तम १० युनिट सम्म विजुलिबत्ति खपत गर्ने घरपरिवारलाई कुनै शुल्क नलाग्ने भएको छ भने अधिक्तम २० युनिट सम्म विजुलिबत्ति खपत गर्ने घरपरिवारको बिजुली बत्तिको शुल्क बर्दघाट नगरपालिकाले ब्यहोर्ने भएको छ ।