कृष्ण ढकाल
बर्दघाट,असार–१२
बर्दघाट नगरपालिकामा ६ करोड बेरुजु देखिएको छ । अहिले सम्मको बेरुजु रकम मध्ये सबैभन्दा बढी रकम शैक्षिक क्षेत्रमा देखिएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले बताउनु भएको छ ।
शुक्रवार बर्दघाट नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यले सो कुराको जानकारी गराउनु भएको थियो । बर्दघाट नगरपालिकाले आठौँ नगर सभामा प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/०७९निति तथा कार्यक्रम र बजेट कार्यक्रमको सार्वजनिकीकरण गर्न नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
यसरी देखिएको बेरुजु रकमहरु नगरका कार्यक्रम तथा योजनाहरुको मात्र नभै पहिले २०७४ साल अघि देखिका सैदान्तिक बेरुजुहरु समेत रहेको पाध्यले बताउनु भएको छ । जस्मा नगरपालिका हुनुभन्दा पहिलेका साविकका गाविसहरु माकर,पञ्चनगर,दाउन्ने र जहदाको त्यो बेलाको बेरुजु समेत खापिदा अहिले सम्म ६ करोड पुगेको उहांको भनाई रहेको छ ।
यसरी देखिएको बेरुजु रकमलाई शुन्य बेरुजु गर्नका लागि निक्कै पहलहरु गरेपनि केहि नितिगत र केहि ब्यवहारीक समस्या रहेका कारण बेरुजुको भोलुम बढेको उपाध्यले बताउनु भएको छ । बेरुजु देखिएका रकमहरु सामाजिक संघ संस्थाहरुले गरेका काममा प्रक्रिया पुयउन नसकेका कारण बेरुजु भएको तर काम नै नगरेका कारण वा पेश्की फरस्योट नगरेका कारण बेरुजु नभएको उहांले बताउनु भयो ।
पछिल्लो समय नगरपालिका भएपछि भएका बेरुजुहरुमा बढी शैक्षिक संस्थाहरु रहेको उहांको भनाई रहेको छ । नमुना माविका रुपमा विकास गर्न लागिएको राजा माहात्मा पूर्ण भद्रमाविको बसैभन्दा बढी करिव ढाई करोड रकम प्रक्रिया पुयउन नसक्दा बेरुजु देखिएको तर ब्यवहारीक रुपमा काम भने भएको उहांको भनाई रहेको थियो ।
अब त्यसलाई शुन्य बेरुजुमा ल्याउन अझै २÷३ बर्ष लाग्ने पाध्यले बताउनु भयो । अहिले सैदान्तिक बेरुजुहरुलाई घटाउने र असुल उपर गर्ने गरी देखिएको बेरुजुलाई असुल उपरगरी शुन्य बेरुजु गर्ने गरी नगरपालिका अघिबढेको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले बताउनु भएको छ ।