sunwal

रुपा कुमारी खड्काको जिवन रक्षाका लागि सबैसंग सहयोगको अपेक्षा

36

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२९
नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं.–४, निवासी रुपा कुमारी खड्काका श्रीमान जित बहादुर खड्काले आफ्नी श्रीमतिको जिवन रक्षाका लागि सबैसंग आग्रह गर्नु भएको छ। दश दिन अघिमात्र आफुलाई जन्म दिने बाबालाई गुमाएर क्रियावाट निस्कनु भएका खड्काकी श्रीमतिलाई एक्कासी कोभिड संक्रमणले ग्रसित भै काठमाण्डौंको मेडिटेक हस्पिटलमा रहनु भएका खड्काले हस्पिटलवाट नै आफ्नी श्रीमतिको जिवन रक्षाका लागि सबैसंग आग्रह गर्नु भएको छ।

ससुराको क्रिया सकेको ३ दिन पछि रुपा कुमारी खड्कालाई स्वास्प्रश्वासमा समस्या भएर तत्काल भैरहवा मेडिकल लगी उपचार गराउदा रुपा कुमारी खड्कालाई कोरोना संक्रमण भएको अस्पतालले जानकारी दिएको जित बहादुरले बताउनु भएको छ । ७ दिन सम्म भैरहवा मेडिकलमा उपचार गराउदा सन्चो नभएपछि काठमाण्डौंको मेडिटेक हस्पिटलमा रिफर गरीएको र अहिले रुपाको भेन्टीलेटरमा राखेर उपचार भएको जीत बहादुरले बताउनु भएको छ । सामान्य घरपरिवारका जीत बहादुर केहि समय अघिमात्र बैदेशिक रोगारवाट फर्केर घरआएका थिए । दुई छोरा र एक छोरी मात्र रहेका जीत बहादुरको अहिले बर्दघाट नगरपालिका वडा नं.–४, को नगरपालिकाको कार्यालय अगाडी पूर्व साईडमा ५ घुरमा जस्ता पाताले छाएको घर रहेको छ ।

अहिले श्रीमतिको उपचारमा दैनिक जसो ७० देखि ९० हजार सम्म खर्च लाग्ने गरेका कारण आफुले खर्च जुटाउन नसक्ने भएपछि काठमाण्डौंको मेडिटेक हस्पिटलवाट गाउँले अनलाईन मार्फत सबैलाई सहयोग जुटाईदिन आग्रह गर्नु भएको छ ।

जित बहादुर खड्काकी श्रीमति रुपा कुमारी खड्काको जिवन रक्षाका लागि सबैले आ–आफ्नो क्षेत्रवाट सक्दो सहयोग गर्नका लागि जित बहादुर खड्काको मोवाईल नम्वर ९८६१६९३२०८ मा सम्पर्क गर्न सकिने छ । त्यसैगरी उहांका छोरा आयुस खड्काको नाममा रहेको सिदार्थ बैंकको खाता नम्वर ०१२१५१७१७२३ मा रकम पठाउन वा ई–सेवा ९८००७०१६१४ मा पनि पठाएमा सोझै आफुले प्राप्त गरी श्रीमतिको उपचारमा सहयोग गरीदिनुहुनका लागि स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्णमा जीत बहादुरले आग्रह गर्नु भएको छ ।