sunwal

६२ वर्ष देखि ६४ वर्ष उमेर समुहका ब्यक्तिहरुलाई भेरोसेल खोप लगाईदै

22

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२४
नवलपरासी जिल्लामा भोली अर्थात जेष्ठ २५ गते देखि २८ गते सम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । ६२ वर्ष देखि ६४ वर्ष उमेर समुहका ब्यक्तिहरुलाई खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवाहन गरेको छ ।

स्थानियतहहरुले खोप लगाउनका लागि तोकिएको स्थानमा गएर खोप लगाउनका लागि सुचना नै जारी गरीसकेका छन् । यता बर्दघाट नगरपालिकाले बर्दघाट–२ चिसापानीमा रहेको चिसापानी अस्पतालमा वडा नं। २,३,४,८,९,१०,११,१२ र १३ वडाका ब्यीत्तहरुलाई खोप लगाउन सुचना जारी गरेको छ ।

त्यसैगरी वडा नम्वर १,५,६,७,१४,१५ र १६ का ब्यक्तिहरुलाई पाल्डांडामा रहेको माकर स्वास्थ्य चौकीमा गएर खोप लगाउन आवाहन गर्दै नगरका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले सुचना जारी गर्नु भएको छ ।

सरकारले मंगलबारबाट देशभर कोरोनाविरुद्ध दुई दिने खोप अभियान संचालन गरेका कारण नवलपरासीमा पनि ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्राको खोप लगाउन लागिएको हो ।

त्यसैगरी
बर्दघाट नगरक्षेत्रका सामुदायिक स्तरमा गएर कोभिड–१९ को एन्टीजेन टेष्ट गर्ने कार्यलाई बर्दघाट नगरपालिकाले तिव्रता दिईएको छ । सोही अनुसार आज बर्दघाटको पञ्चनगरमा कोभिड–१९का शंकास्पद तथा मिल्दा जुल्दा लक्षण भेटीएका ३१ जना ब्यीक्तहरुको एन्टीजेन टेष्ट गर्ने कार्य सम्पन्न् भएको पञ्चनगर स्वास्थ्य चौकीका ईन्चार्ज बाबुराम तिमिल्सिनाले बताउनु भएको छ ।
आज गरीएको ३१ जना ब्यीक्तहरुको एन्टीजेन टेष्टमा १५ जनाको कोरोना पोजेटीभ रहेको र १६ जनामा कोरोना नेगेटिभ रहेको पञ्चनगर स्वास्थ्य चौकीका शरद जी।सि।ले जानकारी दिनु भएको छ ।