sunwal

पृथ्वीचन्द्र अस्पतालमा ४ बेडको आइसियु कक्ष स्थापना: मन्त्री त्रीपाठीद्वारा उद्घाटन

29

गाैरीशकर जयसवाल
परासी, २१ जेठ
रोटरी क्लब पश्चिम नवलपरासीले पृथ्वीचन्द्र अस्पतालमा ४ बेडको आइसियु कक्ष स्थापना गरेर आस्पताललाई हस्तान्तरण गरेकाे छ। जिल्ला अस्पतालको रुपमा रहेको अस्पतालमा आइसियु र एच्डियु सेवा नहुदा कोभिड १९ लगायत अन्य रोगका गम्भीर बिरामीहरुलाई उपचारका लागि बाहिरी जिल्लाहरुमा पठाउने रहदैकाे थियो तर रोटरी क्लबले सो बाध्यता हटाउन अस्पतालमा ४ बेड आइसियु कक्षा निमार्ण गरेर हस्तान्तरण गरेकाे क्लबले जनाएको छ।

रोटरी क्लबका सदस्यहरु मिलेर उठाएको सहयोग रकमबाट उक्त आइसियु कक्षको हस्तान्तरण गरिएकाे क्लबका अध्यक्ष सुमन गाेपाल अचार्यले बताए ।आस्पतालमा निमार्ण गरिएकाे ४ बेडकाेआइसियु कक्षकोएक कार्यक्रम बीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज उद्घाटन गरेका छन ।
उद्वघाटन गदै मन्त्री त्रिपाठीले कक्षको अनुगमन गर्दै यस्तो माहामारीका बेला अस्पतालहरुमा बढ्दो सामाजिक संघ संस्थाहरुको सहयोगले अस्पतालहरुलाइ निकै सहयोग पुगेको बताएका छन ।उनले नेपाल सरकारकाे पहिलाे प्रथामिकता राखेर काेभिडबाट बचाउनकाे लागि जनताहरूलाई खाेप दिनकाे लागि खाेप उत्पादन गर्ने देशहरूसंग सहकार्य गरिरहेकाे बताए ।


मन्त्री त्रिपाठीले दर्जनाै देशहरूले अहिले सम्म खाेप उपलब्ध नहुने सकेको अवस्थामा नेपाल सरकारले खाेप उपलब्ध गराउनकाे लागि सरकारले प्रक्रिया पनि सुरू गरिसकेकाे बताए । मन्त्री त्रिपाठीले रसियाले पनि डिसेम्बरमा ८० काेभिड खाेप उपलब्ध गराउने अवाशसन दिएकाे भन्दै हिजाे अमेरिकाले काेभिड खाेप ५० लाख दक्षिण रसियलाई जसमध्ये नेपाललाई पनि उपलब्ध हुने र चाईनाले १० लाख खाेप दिएकाे जानकारी गराएका थिए ।
सरकारले उपलब्ध गराएकाे पिसिआर मेसिन अब पनि समयमा जडान भएनन भने यहाँ भएकाे पिसिआर मेसिन अन्त्रय जिल्लामा हस्तान्तरण गरिने मन्त्री त्रिपाठीले भने । मन्त्री त्रीपाठीले, बढ्दो कोभिड१९ को संक्रमण रोकथाम र उपचारमा सहयोग गर्दै आएका सामाजिक संघ संस्थाको र रोटरीद्वारा संचालित यस आइसियु सेवाको प्रसंशा गर्दै थप सहयोगको अपेक्षा राख्दै छिटै सबै नेपाली जनताहरुमा कोभिड विरुद्धको खोपको पहुँच हुने प्रतिबद्धता गरेका थिए ।

रोटरी क्लबले आफ्नो सदस्यहरु सङ मात्र रकम सकलन गरि केही दिन अगाडि अक्सिजनहरु पनि सहयोग गरि रहेको र आवश्यकता देखि १५ लाख बढीको रकममा उक्त ४ बेडको आइसियु सेवा निमार्ण गरेर हस्तान्तरण गरिएकाे क्लबका सचिव राजकुमार रेश्मिले जानकारी दिए ।