Holi asnjal makar GURU

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीको गंभिर ध्यानआकर्षण

94

परासी,  बैशाख २९
समाचारको विषयलाई लिएर रामग्राम नगरपालिकाले लगाएको आरोप प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले आफ्नो गंभिर ध्यानआकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा र सचिव राजकुमार रेश्मीले संयुक्त रुपमा आज एक विज्ञप्ती जारीगरी रामग्राम नगरपालिकाले लगाएको आरोप प्रति महासंघको गंभिर ध्यानआकर्षण भएको जनाईएको छ ।
रामग्राम नगरपालिकाले आइसोलेसनका लागि भन्दै लगेका ५० वटा अक्सिजन शिलिण्डरहरु चौरमा छरपस्ट देखेपछि सुरक्षाको कारण देखाउँदै सोमबार राति प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसहित सुरक्षाकर्मीहरुको टोलीले लिएर गएको थियो ।
प्रशासनले शिलिण्डरहरु लिएर गएपछि नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले विज्ञप्ती निकालेर प्रशासनले १० वटा भरेका र ४० वटा खाली गरी ५० वटा शिलिण्डर मध्यरातमा ‘कब्जा’मा लिएको जनाएका थिए ।

सोही विषयको समाचार विभिन्नि सञ्चारमाध्यमा प्रकाशित भएपछि नगरप्रमुख गुप्ताले पत्रकार महासंघको वर्तमान र पूर्व नेतृत्वसहित सञ्चारकर्मीले भ्रामक समाचार सम्प्रेषण गरेको र भूमिका समेत खेलेको भन्ने गंभिर आरोप लगाएका थिए । उक्त आरोपप्रति आपत्ति जनाउँदै बुधबार पत्रकार महासंघका अध्यक्ष हरि शर्मा र सचिव राज कुमार रेश्मीले प्रेस विज्ञप्ती निकालेर ध्यानआकर्षण भएको जनाएका हुन् ।

समाचार स्रोत, तस्बिर र भिजुअलसहित समाचार बाहिर आएपछि आलोचना खेप्न नसकेका नगर प्रमुख गुप्ताले सञ्चार क्षेत्रलाई दोष दिएर उम्किन खोजेको आरोप विज्ञप्तीमा लगाइएको छ । उक्त आरोप आपत्ति र खेदजनक रहेको महासंघले निकालेको विज्ञप्तीमा जनाइएको छ ।

प्रशासनले शिलिण्डर नियन्त्रणमा लिएर जानुमा महासंघ र सञ्चारकर्मीको के भूमिका हुन्छ ? भनि विज्ञप्तीमा आश्चर्य प्रकट गरिएको छ ।
कोरोना संक्रमणको यो विषम परिस्थितिलाई सामाना गर्न सबै क्षेत्रको सहयोग अपरिहार्य रहन्छ भन्दै महासंघले निकालेको विज्ञप्तीमा त्यस कार्यमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा, जिल्लाका सञ्चारकर्मी र  सञ्चारगृहहरुको सधैंव सहयोग र साथ रहने प्रतिबद्धता समेत जनाइएको छ ।