परासी,बैशाख–८
नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ४ मा ६७ बढी गिद्धहरु मरेका छन् । परासीको पाल्ही बहुमुखी क्याम्पसको पश्चिम तर्फ पोखरी नजीककैको खेतमा मरेका गिद्धहरु यत्रतत्र अवस्थामा देखेपछि सरोकारवाला पक्षहरु अहिले त्यसको अनुसन्धानमा लागेका छन । अहिले मरेका गिद्धहरुको बडफ्ूलु चेक गर्ने देखि विषदीको ल्याप चेक गर्ने कार्य भैरहेको बताईएको छ ।
गिद्ध मरेको स्थानमा बोरामा राखेर फालिएका मरेका कुकुरहरु भेटिए पछि कुकुरलाई विषदी प्रयोग गरी मारीएको र त्यही मरेका कुकुर गिद्धले खाएर मरेको हुन सक्ने अनुमान गरीएको छ ।
मरेका गिद्धहरुमा धेरै जसो डंगर प्रजातीका गिद्ध रहेको गिद्ध संरक्षण संघका राष्ट्रिय उपाध्यक्ष यादव खनालले बताउनु भएको छ। उहांका अनुसार ६७ बटा गिद्ध मरेको अवस्थामा रहेको र एउटा गिद्ध विरामी अवस्थामा भेटिएको थियो ।
मरेका गिद्धहरु चार प्रजातीका रहेकोमा ३३ वटा डंगर प्रजातीका, १ वटा सानो खैरे, २ वटा राज गिद्ध र ३१ वटा हिमाली प्रजातीका रहेको यादवले बताउनु भएको छ।