sunwal

नारायणघाट–बुटवल सडक निर्माणगर्ने चाईना कम्पनीका मजदुर आन्दोलित

54

कृष्ण ढकाल
बर्दघाट,फागुन–२३
नारायणघाट–बुटवल सडक खण्ड बिस्तार गर्न निमार्णको जिम्मा पाएको चिनियाँ कपन्नी चाईना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रेका छन् ।
आफुहरुको मासिक तलब शुनिश्चत हुन पर्ने,काम गर्दा खानेपानीको ब्यवस्था हुनु पर्ने,सेप्फ्टीकिट साईटमा अनिर्वाय उपलब्ध गराउनु पर्ने ,काम गर्दा कुनै दुर्घटना भए उपचारको ब्यवस्था हुनुपर्ने लगाएतका माग राख्र्दै निर्माण कम्पनीका करिव २ सय मजदुरहरु आन्दोलनमा उत्रेको बताएका छन् ।.
यस अघि पटक–पटक आन्दोलन र वार्ता भएपनि कुनै सुनुवाई नभएका कारण आफुहरु आन्दोलनमा उत्रेको बताएका छन् । आज मजदुरहरुले बर्दघाटको एस मोड सडक क्षेत्रमा गाडी पार्किङ्ग गरेर त्रिवेणी चोक देखि चिसापानी सम्म नारावाजी गर्दै विरोध प्रर्दशन गरेका थिए ।

एसियाली बिकास बैंकको ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार ८ सय ५१ रूपिँयाको लागतमा नारायणघाट–बुटवल खण्डको सडक बिस्तार आयोजनाको ठेक्का सम्झौता भएको थियो।
कुल १ सय १३ किलोमिटर सडक चार लेनमा विस्तार हुने र शहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने गरी निमार्णको काम शुरु भएको हो । दाउन्ने–बुटवल ४८.५ किमि र गैडाकोट–दाउन्ने ६४.४ किमि गरी दुई खण्डमा विभाजित गरेर ठेक्का सम्झौता गरिएको छ । ४२ महिनामा निर्माण कार्य पुरा गर्ने भनिए पनि कोभिट–१९ ले यो काम प्रभावित भएको छ ।