आरती राना
बर्दघाट,माघ–२२
क्रियाशिल महिला पत्रकार डब्लु डब्लु जे नवलपरासी (ब.सु.प)को अध्यक्षमा मालती न्यौपाने चयन हुनु भएको छ । आज बर्दघाटमा भएको महिला पत्रकारहरुको भेलाले मालती न्यौपानेको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो ।
नवलपरासी जिल्लाका संचार माध्यामहरुमा कार्यरत महिला संचारकर्मी तथा पत्रकारहरुको संगठन क्रियाशिल महिला पत्रकारको आजको भेलाले उपाध्यक्षमा सीता शर्मालाई र सचिवमाआरती रानालाई चयन गरेको छ भने कोषाध्यक्षमा बिष्णु खनाललाई चयन गरेको छ । त्यसैगरी समितिको सदस्यमा सुनैना चौधरी,भावना पाण्डे र रेनुका चौधरी रहनुभएको छ ।
भेलामा क्रियाशिल महिला पत्रकार डब्लु डब्लु जे नवलपरासी (ब.सु.पूर्व)की अध्यक्ष ज्ञानु पंगेनी र निवर्तमान जिल्ला अध्यक्ष धनु भूषाल लगाएतको उपस्थिती रहेको थियो ।
समिति चयन भएसंगै नवनिर्वाचीत कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै निवर्तमानअध्यक्ष धनु भूषाल र नवलपरासी पूर्वकी जिल्ला अध्यक्ष ज्ञानु पंगेनीले पत्रकार महिलाहरुको मुद्दामा एकढिक्का भएर लाग्नको लागि समितिलाई आग्रह गरेका थिए ।
नवगठीत समितिले पत्रकार महिलालाई सशक्त बनाएको भन्दै महिलाका हक अधिकार र महिलाका समस्यालाई चिर्दै अगाडी बढ्न सुझाव समेत दिएका थिए ।