उमेश बि.क.
नवलपरासी , १० पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा गाउँपालिका अन्तर्गतका पर्यटकीय क्षेत्रलाई पर्यटन प्रबर्द्धन गर्ने उद्देशका साथ चित्रकला प्रदर्शनी गरिएको छ। सरावल गाउँपालिकाको आयोजनामा गाउँपालिका उपाध्यक्ष उत्तमा रायको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा चित्रकला प्रदर्शनी गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले चित्रकलाले कला र कलाकारको सम्मान हुने उनले बताए।स्थानीय स्तरमा यस्ता कार्यक्रमले गाउँघरमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गराउन सक्ने उनले धारणा राखे। कलाकार देशका गहना भएको भन्दै चित्रकारको सम्मान र सिर्जनाको उचित विकास हुनुपर्नेमा उनले जोड दिए। गाउँपालिकाले पनि कलाकारको खोजी उनीहरुलाई प्रोत्साहन गर्नलाई विभिन्न कार्यक्रमको आयोजना गरिरहेको बताए। चित्रकार नर बहादुर सरावलको गौरभ र गहना रहेको हुनाले वहाँले गाउँपालिका अन्तर्गतको कलासंस्कृति र पर्यटकीय ठाउँलाई आफ्नो कलाको माध्यमले आफ्नो नाम अमर गर्नुभएको छ । र वहाँको कामले पालिका अन्तर्गत पर्यटकीय क्षेत्र संरक्षण भएको बताउनु भएको हो। यस्ता कलाको माध्यमबाट पालिकालाई कला र संस्कृतिको संरक्षण गरेर यसको व्यापक प्रचारप्रसार गर्दै पालिकालाई विश्वमा चिनाउने कुरामा जोड दिनुभएको हो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष रायले सरावलको वस्तिभित्रका हस्ति चित्रकार नर बहादुर रहेको बताउनु भएको हो। वडा नम्बर ३ कलाको धनी रहेको बताउदै चित्रकार नर बहादुरले प्रधानमन्त्री केपि शर्मा ओलिबाट सम्मान भएको यो एउटा गौरभको कुरा रहेको बताउनु भएको हो। अबको युवा यस्ता हस्तिबाट वहाँहरुको कला सिक्दै समग्र सरावल गाउँपालिकाको नाम अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभएको हो।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पौडेलले गाउँपालिका विभिन्न विकासको कार्य गर्दै जादा सरावल गाउँपालिकाका पर्यटकीय र सांस्कृतिक सम्पत्तिलाई नर बहादुर बि।क ले प्रदर्शन गरेको यो पनि एउटा बिकास रहेको कुरामा जोड दिनु भएको हो। थारु संस्कृति ,यादव फरुवाहि नाच तथा पर्यटकीय क्षेत्रको विकास गर्दै गाउँपालिका चौतर्फिक विकासमा अगाडि बढेको कुरामा जोड दिनुभएको थियो।
त्यस्तै बरिस्ठ चित्रकार मन गोल्डिले सरावल गाउँपालिका उदाहरणीय काम गरिएको प्रशंसा ब्यक्त गर्दै कलाकार नर बहादुर सरावलको गौरभ रहेको बताउनु भएको हो।
चित्रकला प्रदर्शनीमा सरावल २ जावाको पर्यटकीय क्षेत्र कोलवृक्ष ,अत्रहटीको शिवालय मन्दिर,गोबरहियाको कोटहि मन्दिर,बर्दघाटेको बर्दघाटे कालिका मन्दिर ,सिमसार क्षेत्र ,स्थानीय घर लढिया,थारु संस्कृति झुमडा नाच,यादव संस्कृति फरुवाहि नाच,अध्यक्ष राधेश्याम चौधरी ,उपाध्यक्ष उत्तमा राय तथा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पौडेल लगाएतको चित्र बनाइ प्रदर्शन गरिएको हो।
अन्तरास्ट्रिय स्तरसम्म ख्याली प्राप्त चित्रकार नर बहादुर बि।क ले प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिपूर्ण नवलपरासीको सरावल गाउँ सयौ वर्षदेखि तराईवासीहरुको संस्कृति र सम्पदाको पहिचानका रुपमा रहिरहेको बताउनु भएको हो । बि।क ले मेरो जन्मभुमि सांस्कृतिक रुपमा सम्पन्न स्थान र म संस्कृति र प्रकृतिसंग रमाउन रुचाउने भएकाले मेरो पहिलो रोजाईमा मेरो गाउको सेरोफेरो पर्नु स्वभाविक नै भयो ।हुन त म कला सृजनाका लागि देशका अधिकांश भुभागको भ्रमण गरिसकेको छु जसमा सगरमाथा, बेस क्याम्प देखि महाकाली नदीको तिर सम्म रहेको छ । यद्यपि आफ्नो गाउँठाउमा केहि गर्न सकिन्छ कि भन्ने अभिलाषाले मलाई यो प्रदर्शनी गर्ने चाजोपाजो सरावल गाउँपालिकाले मिलाईदियो । मेरो कलामा यहाँहरुले सरावल गाउपालिका वरपरका अनेकौ कलात्मक बस्ती र
संस्कृतिक धरोहरहरु मठ मन्दिर र प्राकृतिक धरोहरहरुलाई समेटेको छु । यहि कलात्मक प्रदर्शनीले यस क्षेत्रलाई आन्तरिक र वाह्य पर्यटकका लागि यो प्रर्दशनीले थोरैमात्र पनि लोभ्याउन सकेको खण्डमा मेरो यो प्रयासले मुर्त रुप लिएको ठान्ने बताउनु भएको हो । यस क्षेत्रको प्रचार प्रसार हुन सकेको खण्डमा यो क्षेत्रको विकासलाई कसैले रोक्न सक्दैन । यस कार्यलाई साथ र सहयोग दिनुहुने सरावल गाउँपालिका र सम्पूर्ण गाउँवासीलाई आभार व्यक्त गर्नुभएको हो।
चित्रकला प्रदर्शनीमा सुनवल नगरपालिका कार्यपालिका सदस्य तथा वरिष्ठ चित्रकार दशरथ कुमाल,तिलोतमा नगरपालिका कार्यपालिका सदस्य तथा वरिष्ठ चित्रकार एच।वि।रम्तेल,नेपाल पत्रकार महासंघका जिल्ला सचिव तथा चित्रकार राजकुमार रेश्मी, वडा नं।४ वडा सचिव अशोक पाण्डेय ,गोबरहिया प्रहरी चौकी ईन्चार्ज एलबि सेन्चुरी, प्याप्सन सरावल अध्यक्ष सुखाडि प्रसाद चौधरी,बुद्ध ज्योति प्रा।बि प्र।अ बिनोद पाण्डेय लगाएतले सरावल गाउँपालिका चौतर्फि विकास गर्दै कलाको माध्यमले यहाँका पर्यटकीय क्षेत्र संरक्षण गरेकोे कुरामा जोड दिनुभएको थियो।
कार्यक्रममा स्थानीय देखि राष्ट्रिय चित्रकारहरुको उपस्थिति रहेको थियो।