कृष्ण ढकाल
बर्दघाट,मंसीर–२८
बर्दघाट नगरपालिका वडा नं २ चिसापानीमा केन्द्रीय कार्यालय रहेको हाम्रो सुपर साकोसले सामाजिक उत्तरदायित्व वहनगर्दै मृगौला पिडितका लागि आर्थिक सहयोग गरेको छ । आफ्नो संस्थामा आवद्ध रहेकी बर्दघाट– २ निवासी पार्वती अधिकारी पाण्डेको उपचारका लागि संस्थाले आर्थिक सहयोग गरेको संस्थाकी अध्यक्ष माया पौडेलले बताउनु भएको छ ।
बचत र ऋण लगानी संगै सामाजीक कार्यमा समेत उत्तरदायि बन्दै अघिबढेको हाम्रो सुपर साकोसले आफ्ना शेयर सदस्यहरुको दुःखमा समेत सानो सहयोग पुगोस भन्ने हेतुले संस्थाको निति अनुसार शेयर सदस्य पार्वती अधिकारी पाण्डेलाई मृगौलाको डाईलोसिस गर्न १० हजार रुपैया आर्थिक सहयोग गरेको संस्थाका ब्यवस्थापक विष्णु वस्नेतले जानकारी दिनु भएको छ ।
एकपटकमा डाईलोसिस गर्दा करिव ११ हजार खर्च लाग्ने र पटक–पटक डाईलोसिस गर्नु पर्ने भएकाले मृगौला पिडित अधिकारीलाई सबैले सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।