sunwal

बर्दघाटमा लैगिंक हिंसा र सहकारी सम्वन्धि अन्र्तकृया कार्यक्रम सम्पन्न ।

14

बर्दघाट,मंसीर–२४
लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता, ब्यक्ति समाज र सबैको एक्यबद्धता” भन्ने मुल नाराका साथ बर्दघाट नगरपालिका नगर कार्यपालिकाको आयोजनामा बुधबार महिला सहकारी सस्थाका सदस्यहरुबीच लैगिंक हिंसां र सहकारी सम्वन्धि अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक माया देवी पौडेलको अध्यक्षता तथा बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको हो ।
सोअवसरमा नगर प्रमुख बस्यालले समाजका कुनै पनि तह र तप्काबाट गरिने हिंसा क्षम्य नहुने बताउदै सबैले ब्यबाहरत हिंसा मुक्त गर्न एक्यबद्धता हुनु पर्ने बताउनु भयो ।
ब्यस्यालले हिंसा को सुरुवातघर बाटै हुने हुदा त्यसलाई निराकरण गर्न परिवार बाटै प्रयास हुन पर्ने बताउनुभयो ।
त्यसैगरी बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक माया देवी पौडेलले लैगिंक हिसां मध्य पनि महिला हिसां बढि रहेको बताउनु भयो । उहांले कुनै पनि प्रकारका हिंसा सैह्य नहुने बताउदै बर्दघाट नगरपालिकालाई सबै प्रकारका हिंसा मुक्त बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले नगरपालिकामा गठित न्यायिक समितिले हिंसा सम्बन्धी मुद्दालाई बढी सक्रियताका साथ हेरीरहेको हुदा महिला अगुवाहरुले पनि आफ्नो टोल छिमेकमा हुने गरेका हिंसा ढाक छोप नगरि हिंसा गर्नेलाई कानुनी दायरामा ल्याउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका योजना शाखा प्रमुख एवं सुचना अधिकृत पुष्कर काफ्ले, इलाका प्रहरी कार्यलय बर्दघाटका प्रहरी प्रमुख हुमनाथ रेग्मी, पत्रकार रामु भुषाल लगाएत महिला सहकारीका पदाधिकारीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहकारीमा महिलाको भुमिका विषयमा बर्दघाट नगरपालिका सहकारी शाखाका कृष्ण मरासिनीले सहजिकरण गर्नुभएको थियो । सो अवसरमा बर्दघाट नगरपालिका भित्र रहेका महिला सहकारीका प्रमुख तथा प्रतिनिधि लागएतको उपस्थिती रहेको थियो । बर्दघाट नगरपालिकाको न्यायिक समिति कर्मचारी कमला ज्ञवालीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन बर्दघाट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अप्सरा सुबेदीले गर्नुभएको थियो ।