कृष्ण ढकाल
बर्दघाट,मंसीर–१५
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नवलपरासीले जिल्लाका सबैस्थानिय तह र डिभिजन वन कार्यालय तथा सब डिभिजन वन कार्यालयहरुलाई ज्ञापन पत्र बुझाएको छ । फेकोफन नवलपरासीले
सामुदायिक वनमा हुने वन पैदावारको उपयोगमा सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने वातावरण सृजना गरीदिन भन्दै जिल्लाका सबैस्थानिय तह र डिभिजन वन कार्यालय तथा सब डिभिजन वन कार्यालयहरुलाई ज्ञापन पत्र बुझाएको जनाएको छ ।
ज्ञापन पत्र बुझाउने क्रममा सोमवार बर्दघाट नगरपालिकामा पुगेर नगर प्रमुख धिरज शर्मा बस्याललाई समेत ज्ञापम पत्र बुझाएका थिए। सो क्रममा ज्ञापन पत्र बुझदै नगर प्रमुख बस्यालले आफ्नो तर्फवाट हुन सक्ने पहल तत्काल सम्वन्धित निकायमा गर्ने प्रतिवधता जाहेर गर्नु भएको थियो ।
सामुदायिक वनहरुले ढलापडा रुख कटान, ओसार–पसार र बिक्री वितरण गर्नका लागि तत्काल खुला गनु पर्र्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत वन तथा वातावरण मन्त्रालयलाई समेत ज्ञापनपत्र पठाएको फेकोफनका जिल्ला अध्यक्ष कमल परियारले बताउनु भएको छ ।
वन ऐन तथा नियमावली अनुसार रुख कटान तथा बिक्रीमा लगाएको रोक्का फुकुवा नहुदा कतिपय सामुदायिक वनमा संकलित काठहरु बिक्री गर्नबाट वञ्चित भएको महासंघका लुम्बिनी प्रदेश सचिवालय सदस्य नारायण पाण्डेले बताउनु भएको छ ।