sunwal

नवलपरासीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६३ पुग्यो

20

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–३०
नवलपरासीमा आज सम्म कोरोना भाईरसको संक्रमण भएका संक्रमितको संख्या १ हजार १ सय ६३ पुगेको छ । जिल्लामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या भने १६ पुगेको छ । अहिले सम्म जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार जिल्लामा ७ हजार १ सय ६ जनाको स्वा संकलन गरिएकोमा ६ हजार २ सय २ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने १ हजार१ सय ६३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरी १४ जनाको पिसिआर रिपोर्ट आउन बांकी रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी ले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरीएको छ । आजको मिति सम्ममा कुनै पनि ब्यक्तिहरु पालिकाहरुले बनाएको क्वारेन्टाईनमा नरहेको र होम क्वारेन्टाईनमा मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको जनाएको छ ।

त्यसैगरी आज मात्र जिल्लाको सुनवल वडा नं. २ मा १ महिला र ४ मा १ पुरुष तथा वडा नं. १३ मा २ जना पुरुषहरुमा कोरोना पोजेटीभको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको जनाएको छ ।