गौरीशंकर जयसवाल
परासी १५ कार्तिक
परासीमा एक दिने मञ्चिय उद्घोषण तालिम सम्पन्न भएको छ । रामग्राम जेसीज परासीको आयोजनामा मञ्चिय उद्घघोषण सम्वन्धि एक दिने तालिम सम्पन्न भएको हो। युवाहरूको व्यत्तित्व र नेतृत्व क्षमतामा बिकास गर्ने उदेश्यले उत्त तालिमको आयोजना गरिएको रामग्राम जेसीज परासीका अध्यक्ष सन्दिप अग्रहरीले जानकारी दिएका छन् । युवाहरूलाई मञ्चिय उद्घघोषण कसरी गर्ने र मञ्चमा कार्यक्रम संचालन गर्ने बिधिहरू बारे तालिममा प्रशिक्षण दिईएको तालिम कार्यक्रम सहयोजक मोहन पौडेलले बताएकाछन ।
रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीको अध्यक्षयता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशकर रायको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा जेसिजका सस्थापक अध्यक्ष श्यामप्रसाद बस्याल लगायतलले बोल्नु भएको थियो । बक्ताहरुले तालिममा सिकेका कुरा व्यवहार उतर्न सहभागिलाई आग्रह गदै समाजमा हुने बिसगति कृतिलाई समाजबाट हाटउन युवाहरूको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । उनीहरुले मञ्चिय उद्घघोषण तालिमले युवाहरूको नेतृत्व बिकास तालीमले शिकाईमापक्कै पनि थप मदत पुग्ने बिश्रवास व्यत गरेका थिए । तालिममा मुख्य प्रशिक्षणका रुपमा दिपक बराल र नेपाल पत्रकार महासघ नवलपरासीकी जिल्ला उपाध्यक्ष मालती न्यौपाने रहनु भएको थियो ।
तालिममा पश्चिम नवलपरासीका सात वटै स्थानीय तहका ४० जना युवाहरूको सहभागिता रहेको थियो ।