Holi asnjal makar GURU

मन्त्री बैजनाथ चौधरीलाई कोरोना पोजेटिभ देखियो ।

21

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतीक विकास योजना मन्त्री बैजनाथ चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ । हिजो गरीएको मन्त्री चौधरीको पिसिआरको रिपोर्टमा कोरोना पोजेटिभ आएको मन्त्री चौधरीले आफ्नो सामाजिक संजालमा सुचना राखेर जानकारी गराउनु भएको छ । साथै उहांले आफुलगाएत आफ्नी श्रीमती द्रोपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी ड्राईभर यमवहादुर थापा र भान्से पार्वती केवटको कोरना पोजेटीभ रिपोर्ट आएको जानकारी गराउदै उहांहरुसंग नजीकमा रहनु भएका सम्पुर्णलाई सजगता अपनाउन मन्त्री चौधरीले अनुरोध गर्नु भएको छ ।
अहिले विहिवार देखी मन्त्री चौधरी सहित अन्य सबै होम आईसोलेसनमा रहेको र आफुसंगै रहने पांच मध्ये आफुलाईमात्र सामान्य रुघा लागेको र अन्य ४ जनालाई कुनै पनि लक्षण नदेखिएको उहांले जानकारी गराउनु भएको छ ।