Sarawal sit lahar Notis

निःशुल्क कम्प्युटर तालिम सुरु

74
उमेश बि.क
नवलपरासी ,२५ असाेज
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं.६ मा निःशुल्क ६२ दिने आधारभूत कम्प्युटर तालिम अाइतबारदेखि सुरु भएको छ। काेइका नेपालकाे अार्थिक सहयोग तथा गुड नेभर्स इन्टरनेसनलकाे प्राविधिक सहयाेगमा र सहमति संस्थाकाे अायाेजनामा कम्प्युटर तालिम सुरु भएको हाे ।
तालिमको उद्घाटन गर्दै पाल्हिनन्दन गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष कृष्णचन्द्र यादवले बेरोजगारी युवालाई तालिमले स्वरोजगार बन्न र आत्मनिर्भर हुन सहयोग पु¥याउने भन्दै यादवले तालिमभर अनुशासित, लगनशील र मर्यादित भई ज्ञान लिन सहभागी विद्यार्थीलाई आग्रह गरे ।तालिममा पाल्हिनन्दन गाउँपालिका वडा नं.६ का ४० जनाकाे सहभागीता रहेको सहमतिकाे सहजकर्ता बिनाेद धरिकारले जानकारी दिनुभएको छ ।