बर्दघाट नगरपालिकाले स्वास्थ्य स्वयमसेवीकाहरुलाई अवकास हुंदा २ लाख दिने
अब देखि घरमा नै गएर सुत्केरी आमाको स्वास्थ्य परिक्षण गर्ने
कृष्ण ढकाल
बर्दघाट,असोज–२२
बर्दघाट नगरपालिकाले नगर भित्रका सबै स्वास्थ्य कार्यालयहरुमा कार्यरत नसिङ्ग कर्मचारीहरुका लागि एक दिने उत्तर प्रसुती सेवा (पि.एन.सि.) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य शाखाले आयोजना गरेको उत्तर प्रसुती सेवा (पि.एन.सि.) सम्बन्धी अभिमुखीकरण कार्यक्रम नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख माधम ज्ञवालीको सहजी करणमा सम्पन्न् भएको थियो ।
नगरपालिकाको सभा हलमा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख वस्यालले नगरका स्वास्थ्य स्वयमसेवीकाहरुलाई अवकास हुंदा नगरपालिकाले २ लाख रुपैया दिने निर्णय गरेको जानकारी गराउनु भएको थियो । त्यसैगरी महिला र बाल बालिकाहरुको स्वास्थ्यलाई मध्ये नजर गर्दै नगरपालिकाले नगरको पहाडी क्षेत्रवाट स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला र एक कुरुवालाई खानाको ब्यवस्था गरेको समेत जानकारी गराउनु भएको थियो ।
त्यसैगरी अब देखि नगरपालिकाले सुत्केरी भएका आमाहरुको लागि सुत्केरी भएको २ दिन र ७ दिनमा गरी दुई पटक घरमा नै गएर सुत्केरी आमाको स्वास्थ्य परिक्षण गर्ने नयां योजना अघि सारेको स्वास्थ्य शाखा प्रमुख माधम ज्ञवालीले बताउनु भएको छ ।
कार्यक्रममा नगर उप–प्रमुख मायादेवी पौडेल,प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय,जिल्ला स्वास्थय कार्यालय नवलपरासीका निमित्त प्रमुख कृष्ण पोख्रेल लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन गोपाल पाण्डले गर्नु भएको थियो । https://www.youtube.com/watch?v=b-LBDVsdpzo&t=3s