योगेश बस्याल
सुनवल,भदौ २३
५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा मा.वि स्तरिय अनलाईन वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक विकास समितिका अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता, नगर प्रमख भिमबहाद’र थापाको प्रमुख आतिथ्यता तथा उप प्रमुख दधिराम अर्यालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुनवल नगर शिक्षा प्रमुख बिष्णु प्रसाद गोतामे,नगरपालिका प्रशासकीय अधिकृत शिशिर पौडेल,बिधालय व्यवस्थापन समिति अध्यक्ष संजालका अध्यक्ष सुर्य न्यौपाने, सुनवल नगरपालिका शिक्षक महाशंघ अध्यक्ष बाबुराम पाण्डे लगायतको आतिथ्यता रहेको थियो।
कोभिड १९ र बैकल्पिक सिकाईमा बिधार्थी को भूमिका विषयक सम्पन्न वक्तृत्वकला प्रतियोगिता मा ज्योति माबि कि छात्रा पुनम कुँवर क्षेत्री ले प्रथम स्थान, जगन्नाथ माबिका छात्र मिलन न्यौपानेले द्धितिय स्थान, महाकवि देवकोटा नमुना माबि का छात्रअमृत पाण्डेले तृतिय स्थान र जनसेवा मावि कि छात्रा दिया ढकालले सान्त्वना स्थान प्राप्त गर्न सफल भयका छन।साथै कार्यक्रम शाखा अधिकृत पशुपति भट्टराईको संचालनमा सम्पन्न भएको थियो। https://www.youtube.com/watch?v=KRdQ47jPHTs&t=781s