भ्रष्टाचार शव्द सुन्ने बितिकै कसैलाई रिस उठ्छ भने कसैलाई लोभ पैदा हुन्छ ,आखिर शब्द त एउटै हो “भ्रष्टाचार” । यी दुई भाष्यहरुको मिलन हो “भ्रष्टाचार” । शब्द हेर्दा वा सुन्दा जति सुन्दर लाग्छ त्यति यो सुन्दर छैन । यो भित्र घृणाले भरिएको घडा छ । त्यो जुनसुकै बेला फुट्न सक्छ । भष्ट्राचार भनेको पैसाको लेनदेन मात्र नभई आलटाल गर्नु, समय विभिन्न बहानामा व्यतित गर्नु पनि हो भन्ने बुझनु पर्दछ । भष्ट्राचार र युवा दुई फरक फरक शब्दहरु हुन । भष्ट्राचार तुलनात्मक रुपमा युवा भन्दा अर्ध उमेरका व्यक्तिहरु ले बढी गर्ने गर्दछन । युुवा भनेको इमान्दार र आफ्नो कामका सच्चा पहरेदार हुन भनेर विभिन्न अध्ययनहरुले देखाएका छन । आज भष्ट्राचारले विभिन्न देशहरुलाई थिलथिलो बनाएको उदाहरण हाम्रा सामु छन । आज हामी इथियोपिया , रुवान्डा ,दक्षिणी अफ्रिकाको कुरा गर्छौ र हामी भन्छौ ती देश गरिब र विभिन्न सुचकहरुमा कमजोर छन। आखिर किन भएको हो त्यस्तो ?, त्यसको मुल कारण भनेकै भष्ट्राचार भष्ट्राचार हो । त्यो भ्रष्टाचार बाट नेपाल अछुतो छैन ।यहाँ पनि हामी हेर्न सक्छौ विभिन्न वहानामा भईरहेको दिनहुँ भ्रष्टाचार ।
भ्रष्टाचारलाई अंग्रेजीमा corruption भनिन्छ । corruption शब्द ल्याटिन भाषाको corrumpere बाट आएको हो । जस्को अर्थ घुस वा नास गर्नु भन्ने बुझिन्छ ।
समग्रमा भन्नुपर्दा भ्रष्टाचार भनेको व्यक्तिगत स्वार्थको लागि सार्वजनिक सम्पतिको दुरुपयोग गर्नु र नियमबद्ध ,नितिगत रुपले गैरकानुनी काम गर्नु भ्रष्टाचार हो ।त्यति मात्रै होईन केही विद्वानहरु के तर्क गर्दछन कि कुनै सम्बन्ध र चिनजानहरु बाट कुनै काममा सहयोग गर्नु पनि भ्रष्टाचार हो । हामीले यदि भ्रष्टाचारको अन्वेषण गर्यौ भने यसको इतिहास पुरानो छ । भ्रष्टाचार इतिहासकाल बाट हुदै आइरहेको हामी पाउँदछौ, यति मात्र फरक छ कि यसको रुप र परम्परा फेरिएको छ । हामी यदि रामायण को कुरा गर्दछौ भने त्यो बेला पनि भ्रष्टाचार भएको पाउछौ तर त्यो बेला दण्ड, सजायको व्यवस्था कडा भएकोले कम मात्रामा हुने गर्दथ्यो तर आजभोलि सजायको व्यवस्था तुलनात्मक रुपमा कडा नभएकोले बढी हुने गरेको पाउँछौ । यही सन्दर्भमा हामी चिनको मुल्याँकन गर्न सक्छौ । चिनमा भ्रष्टाचार सम्बन्धी ब्यवस्था कडा भएकोले त्यहाँ भ्रष्टाचार धेरै कम हुने गरेको हामी पाउँछौ ।
दक्षिण एसियामा भ्रष्टाचार बढी मात्रामा हुने भएकोले यी देशहरुले गरिबीको सोचेजस्तो निराकरण वा निर्मुल पार्न सकिरहेका छैनन् ।जस्तै हामी भारत,बंगलादेश हरुलाई लिन सक्छौ ।अर्थात हामी के बुझ्न सक्छौ भने भ्रष्टाचार धमिराले खाएजस्तै हो । युवा भनेको कुनै पनि देशको भ्रष्टाचार विरोधी अभिअन्ता हुन , तिनीहरु विना कुनै पनि देशको विकासको कल्पना पनि गर्न सकिदैन । आखिर को हुन युवा ?के क्षमता हुन्छ तिनीहरुमा ?अन्र्तराष्ट्रिय मान्यता अनुसार १८ बर्ष देखि ४० वर्ष सम्मको व्यक्तिहरुलाई युवा भन्ने गरिन्छ । तिनीहरु भनेका उर्जाशिल क्षमता भएका व्यक्तित्वहरु हुन ।नेपालकै कुरा गर्ने हो भने देशको विभिन्न परिर्वतनमा युवाहरुको अथाह सहयोग र परिश्रम भएको पाउँछौ ।उल्लेखित कथनहरुलाई मनन गर्दा युवाहरुको भ्रष्टाचार विरुद्ध ठुलो सहयोगको अपरिहार्य आवश्यकता छ । युवाले चाहेमा भ्रष्टाचारलाई निर्मुल पार्न सक्दछन् ।
नेपालमा हेर्ने हो वि.स. २००७ सालको आन्दोलन होस वा वि.स. २०४६ सालको आन्दोलन वा वि. स. २०६२ /६३ को आन्दोलनमा युवाहरुको ठुलो साथ र सहयोग थियो । त्यो बेला युवाहरुको समग्रमा भन्नुपर्दा भ्रष्टाचार र समृद्धि नै माग थियो । जे जति विश्लेषण वा परिभाषा दिए पनि मुख्य रुपमा सुशासन र सम्बृद्धि नै हो ।
विश्वमा कसैले भ्रष्टाचारलाई न्युनिकरण गर्न सक्छ भने ति हुन युवा ।भ्रष्टाचारलाई युवा विना निर्मुल गर्न कल्पना समेत गर्न सकिदैन ।
अहिले नेपालमा नै हेर्ने हो भने भष्ट्राचार विरुद्ध युवाहरुले विभिन्न अभियानहरु चलाईरहेका छन् । जस्तै भख्ररै विवेकशिल पार्टीका युवाहरुले इनफ इज इनफ मा भष्ट्राचार विरुद्ध प्रर्दशन गरे । त्यस्तै हामी ज्ञानेन्द्र शाहीको भष्ट्राचार विरुद्धको विभिन्न कार्यक्रमहरु बारे सुन्दछौ । आर्थात यी अभियान वा भ्रष्टाचार विरुद्धको कार्यक्रमहरुले भ्रष्टाचार विरुद्धको जनमत नेपालमा बलियो हुदै गरेको संकेत गर्दछ ।नेपालमा भष्ट्राचार विरुद्धको जनमत दिनानुदिन बढदै गईरहेको छ । देशमा संघियता आएपश्चात स्थानिय तहहरु मा बढी भ्रष्टाचार भईरहेको विभिन्न अध्ययन प्रतिवेदनहरुले औलाएका छन् । दक्षिण एसियामा भ्रष्टाचारले जरा गाडेको छ र यहाँको विकासमा पनि यसले ठुलो असर गरिहेको छ । त्यही भएर भारतमा भ्रष्टाचारकै मुद्दा उठाएर आज भारतको एउटा प्रदेशमा आम आदमी पार्टीले शासन गरिहेको छ र आफ्नो ब्रचस्व कायम राखेको छ ।
आखिर किन हुन्छ भ्रष्टाचार ?
भ्रष्टाचारको कारणहरु खोज्दै जादाँ विभिन्न कारणहरु हामी पाउँदछौ । त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको एउटा जर्नलमा निम्न कुराहरु देखाएको छ ।
१ कमजोर नागरिक समाज
२ निगरानीको अभाव
३ जवाफदेहिताको अभाव
४ भ्रष्टाचार विरुद्ध तालिमको अभाव
५ पारदर्शिताको अभाव
६ लोभ र लालच ।
केही विद्वानहरु पनि के तर्क गर्दछन कि सेवा सुविधाको कमिले पनि भ्रष्टाचारलाई प्रोत्साहित गर्दछ । आर्थात भ्रष्टाचार हुनुमा कम पारिश्रमिक पनि हुने गर्दछ । अहिले विश्वको केही देशहरुलाई यो टाउकोको दुखाई र देशको आर्थिक मन् दिको एक कारक तत्वको रुपमा हेर्ने गरिन्छ । अबको युवा पिढीले के बुझ्नु जरुरी छ कि भ्रष्टाचार ले देशलाई मात्रै हैन , अप्रत्क्ष रुपमा सबै नागरिकहरु लाई विकासको गति को कारक बनेको हुन्छ । त्यही भएर “सुशासन हाम्रै पालामा , सम्बृद्धि हाम्रै पालामा ” भन्ने नारालाई आत्मसाथ गरेर अघि बढियो भने पक्कै पनि सकरात्मकताको संचार हुन सक्छ देश सम्बृद्धि तिर लम्किन सक्छ ।
✍️ लेखक ः
बलिराम गुप्ता
प्रतापपुर –९ पजरकट्टी, नवलपरासी