sunwal

नगरपालिकाले सोध्यो ‘स्पष्टीकरण’दायित्ववाट पन्छिनखोज्दैछ नगरपालिका ःअस्पताल विकास समिति

67

कृष्ण ढकाल
बर्दघाट,भदौ–९
नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १४मा रहेको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ताले बर्दघाट नगरपालिका आफ्नो दायित्ववाट पन्छिन खोजेको आफुहरुलाई आभास भएको विज्ञप्ती मार्फत जानकारी गराएको छ । अस्पताल विकास समितिका अध्यक्ष निमान्द न्यौपानेद्धारा आज जारी विज्ञप्तीमा सो कुरा उल्लेख गरीएको छ । दुई पेज लामो विज्ञप्तीमा ६ वटा बुंधाहरुमा शहिद स्मृति सामुदायिक अस्पताल विकास समितिको ध्यानाकिष्ट भएको उल्लेख गरीएको छ ।
जस्मा बर्दघाट नगरपालिकाको गैरजिम्मेवार अभिब्यक्ति,नगरको कोभिड १९ को ब्यवस्थापनमा अस्पतालसंग सहकार्य नहुनु,अस्पतालका वारेमा गलत सुचना प्रवाह हुनु जस्ता विषयमा अस्पताल विकास समितिको गम्भिर ध्यानाकर्षण भएको उक्त विज्ञप्तीमा उल्लेख गरीएको छ ।
यता
शहिद स्मृति सामुदायिक अस्पतालमा भदौ ७ गते नगरपालिकाको स्वास्थ्य शाखाबाट अनुगमन गर्दा बिरामी भएकाहरुलाई पिसिआर परिक्षण नगराई घरमा पठाइएको र अस्पतालबाट दिईने स्वास्थ्य सेवा सुविधा समेत राम्रो नभएको भन्ने प्रतिबेदन र गुनासो आएकाले यस सम्बन्धमा के कसो भएको हो ? यथार्थ विवरण सहित त्यस अस्पतालका अध्यक्ष र ब्यवस्थापक दुवै यथाशिघ्र उपस्थित हुन भन्दै ‘स्पष्टीकरण’ सोधेको थियो ।  हिजो नै अस्पतालका अध्यक्षले आफै गएर पत्रको जवाफ सिहतको पत्र नगरपालिकामा पेश गरेको बताउनु भएको छ ।