sunwal

कृषकहरुको सपनामा लुकेको निरासा ः बलिराम गुप्ता

39

सपना शब्द सुन्दा मस्तिष्कमा विभिन्न किसिमका तंरगहरु उत्पन्न हुन्छन् । ती तंरगहरु आशावादीहरु पनि हुन्सक्छन वा निराशावादीहरु हुन्सक्छन । त्यही निरासावादीता लुकेको छ नेपाली कृषकहरुमा । तथ्यांकहरुले देखाउंदछन कि ६७ प्रतिशत व्यक्तिहरु कृषि पेसा मा आवद्ध छन । नेपालमा विभिन्न तथ्यांकहरुले के पुष्टि गर्दछन कि कृषकहरु आबद्धतामा मात्रै भुलेका छन् । जसरी हामी सुन्दछा,ै युरोपेली मुलुकहरुको कुुल जनसंख्याको ५ वा ६ प्रतिशत मात्रै कृषि पेशामा आबद्ध हुन्छन र पनि देशको सबै जनसंख्यालाई खाद्दान्न पुग्दछ । तर हाम्रो मुुलुकमा ६७ प्रतिशत व्यक्तिहरु कृषिमा संलग्न भएपनि विदेशबाट खाद्दान्न ल्याउनुपर्ने हुुन्छ । त्यसको मुल कारण भनेकै कृषिमा आधुनिकिकरण नहुनु हो । जबसम्म कृषकहरुले आधुनिकिकरणमा जोड दिदैनन् तबसम्म यस्तै अबस्था रहन सक्छ ।
धानको रोपाईको बेला कृषकहरु २÷३ दिन सम्म लाईनमा बसेर मल लिनुपर्ने अवस्था थियो । अब हामी कल्पना गरौ त के यसरी हामीजस्तो अल्पबिकसित मुलुकले कृषिमा छलांग लगाउन सक्छ । विज्ञहरुले पनि के भन्दछन भने नेपालमा कृषि,जलविघुत र पर्यटनमा जोड दियो भने चाँडै समृद्ध हुनसक्छ । नेपालको कृषि क्षेत्रलाई आधुनिकिकरण मा जोड दिनुु अपरिहार्य आवश्यकता छ । मलको लागि अलपत्र पार्ने गरिइएका किसानहरु के आधुनिकिकरणमा जोड दिन सक्छन् ? यो सन्र्दभमा सरोकारवालाहरुको ध्यान जानु जरुरी छ । कोरोनाको कहरले पनि हामीहरुलाई के सिकाएको छ भने कृषि पेशा उतम पेशा हो । कोरोनाको कहरले सबैतिर आक्रान्त पार्योतर कृषिलाई केही हदसम्म मात्रै पारेको देखिन्छ ।
दिनहुुँ हामीले सुन्ने गर्दछौ किसानहरुले झन्डै १० औ करोड भन्दा बढी उखु वापतको रकम नपाएको । के यसरी फस्टाँउदछ नेपालमा कृषि ? के यसरी देश समृद्ध हुन्छ ?भनिन्छ कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो तर यस्ता कृषि क्षेत्रमा व्याप्त समस्याहरु छन । कहिलेकाही कृषकहरु मलिनो अनुहार बनाई सोध्ने गर्दछन हाम्रो सरकार खोई? यी र यस्ता प्रश्नहरुको उत्तरहरुको प्रतिक्षामा कहिले नथाक्ने यात्री जस्तै आफ्नो यात्रामा छन कृषकहरु । कृषकहरु वर्षेनी कहिले मलखादको नाममा त कहिले उत्पादित वस्तुहरुको बजारको नाममा विभिन्न किसिमका समस्याहरु भोगिरहेका छन् ।

कसरी समाधान गर्न सकिन्छ कृषि क्षेत्रको समस्याहरु ?

विश्वका सबै जनसंख्यालाई खाद्दान्न पुयाउन आधुनिक र उन्नत प्रविधिको प्रयोग गर्ने दुरदृष्टि राखिएन भने भोलिको दिनहरुमा बढ्दो जनसंख्या बृद्धिले खाद्दान्नको लागि हाहाकार हुनसक्छ । तसर्थ अब हामीहरुले नबिनतम प्रविधिहरुको प्रयोग गरी कम लगानीमा धेरै उत्पादन र फाईदा लिन सकिन्छ । मैले हेर्दा अहिलेको परिस्थिति सहज र सरल छ किनभने सबै स्थानिय तहहरुले यसको मध्यस्तता गर्न सक्छन् । यदि सबै स्थानिय तहहरुले सम्बन्धित स्थानिय तहहरुको कुल बजेटको पन्ध्र वा बीस प्रतिशत कृषिमा लगानी गरी सहकारीतामा जोड दिने र त्यसको नियमन गर्ने । साथसाथै कृषकहरुको उत्पादित वस्तुहरुको बजारीकरणको व्यवस्था मिलाएर उचित रुपले वितरित गर्ने तर्फ स्थानिय तहहरुले र केन्द्र
,प्रदेशहरुले उचित प्रबन्ध मिलाइदिने हो भने अहिलेको जस्तो अवस्था रहदैन । अहिले वर्तमान अवस्थालाई मैले नियाल्दा कृषकहरुले सरकार संग धेरै अपेक्षा पनि गरेका छैनन् । कृषकका केही कुराहरुलाई सरोकारवालाहरुले सुन्दिने हो भने धेरै हदसम्म समाधान हुनसक्छ ।

कृषि क्षेत्रलाई आधुनिकिकरण तर्फ लैजान र कम लागतमा वढी उत्पादन गर्न को लागि प्रत्येक वडामा कृषक सीप उत्थानको लागि तालिम प्राप्त स्ंवयसेवक परिचालित गर्ने र ती स्ंवयसेवकहरुले कृषकहरुको खेतमै समेत गई कृषि क्षेत्रमा आएको समस्या समाधान गर्ने। साथसाथै कृषकहरुलाई जग्गा ,कामको प्रकृति हेरी सहुलियतमा लोनको व्यवस्था गर्ने ।मलखादको समस्या समाधान गर्नकै लागि देशमै कम्तिमा एउटा उद्योगको स्थापना गर्ने ।देशमा उत्पादित वस्तुुुहरुको राम्रो मुल्यको पाउनको लागि उचित मुल्य निर्धारण गर्ने र प्रत्येक प्रदेशमा फरक फरक खाद्य वस्तुहरुको प्रोसेसिङको लागि कृषक र सरकारको संयुक्त लगानीमा उद्योगहरु खोल्ने । कम्तिमा प्रत्येक प्रदेशमा विउविजन बैंक संन्चालन गर्ने र त्यही मार्फत उचित समयमा स्थानिय तहहरु मार्फत किसानहरु कहाँ पुर्याउने ।
“भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय’’ । सम्वन्धित निकायहरुको इच्छा शक्ति हुनु धेरै जरुरी छ र त्यहीबाट समाधान हुन्छ । अहिलेको विश्व परिवेशलाई हेर्ने हो भने आधुनिक कृषिमा हामी धेरै पछाडि छौ । हामीहरुले आधुनिकतामा जोड नदिएर हाम्रो लागत बढी पर्न जान्छ र हामी बजार सँग प्रतिस्पर्धा नै गर्न सक्दैनौ ।त्यसकारणले हेर्दा सम्वन्धित निकायहरुले ध्यान दिनु अपरिहार्य आवश्यक छ ।

लेखक ः बलिराम गुप्ता (प्रतापपुर गा.पा.वार्ड न.९,पजरकट्टी घर भएका लेखक उनी शिक्षा,कृषि,अर्थसँग सम्बधित विषयमा कलम चलाउँछन ।)