कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि रामग्राम नगरपालिका सिल (भिडियो कुराकानी सहित)
गौरीशंकर जयसवाल
परासी २३ श्रवाण
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि रामग्राम नगरपालिका कार्यालय सिल गरिएको छ । कर्मचारीमा कोरोना संक्रमण पोजेटीभ देखिएपछि साउन मासन्तसम्म कार्यालय शिल गरिएको हो । सिल गरिएको समय अवधिभर कार्यालय पूर्णरुपमा बन्द रहने रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । कर्मचारीको कोरोना रिर्पोट पोजिटीभ देखिएपछि रामग्राम नगरपालिकामा जिल्ला स्वास्थय कार्यालयलले निर्मलीकरण गर्न काम गरिहेको गुप्ताले बताए । रामग्राम नगरपालिका क्षेत्रमा गत हप्तामा समुदाय स्तरमा पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षण रिपोर्टमा वडा नं १८ का एक जना र रामग्राम नगरपालिकाको एक जना कर्मचारीको रिर्पोट पोजिटीभ आएको थियो ।
रामग्राम नगरपालिकाको अरु कर्मचारी र रिर्पोट पोजिटीभ देखिएका कर्मचारीसंग भएका व्यक्तिहरुसंग कन्ट्रयाक टे«सिङ्ग गर्ने जिल्ला जनस्वास्थ्इ कार्यलयका प्रमुख गौरव ढकालले बताए । पोजिटिभ देखिएको दुबै जना कोरोनाको संक्रमाणको केही लक्षण नदेखिएको र उनीहरुको स्वास्थ्य समान्य रहेको ढकालले जानकारी दिए । अहिले उनीहरुलाई पाल्हि क्याम्पसमा रहेको आईसोलेसनमा राखिएको ढकालले बताए । https://youtu.be/kaKBIctygwA