पुजा लम्साल
सुनवल,असार–२३
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा व्यक्त भएका धारणालाई लिएर पार्टी पंक्ति एवं नागरिकमा उत्पन्न चासोप्रति नेपाल दलित मुक्ति संगठन नवलपरासीले चिन्ता प्रकट गरेको छ । संगठनले मंगलबार एक पे्रस बिज्ञप्ति जारी गर्दै पार्टी भित्र भइरहेका छलफलका बिषयहरुलाई लिएर पार्टी र कमरेडहरुले बिभिन्न धारणा व्यक्त गर्दा त्यसले सकारात्मक भन्दा नकारात्मक सन्देशको वातावरण बनाउने सम्भावना देखिन थालेको प्रति चिन्ता व्यक्त गरिएको छ ।
संगठनका संयोजक द्धय वीर बहादुर विश्वकर्मा र अर्जुन सुनारद्धारा हस्ताक्षरित पे्रस बिज्ञप्तिमा पार्टी एकताको मूल भावनानुरुप एकताको बाँकी कार्यलाई टुङ्गोमा पुर्याई सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध गरि सवै कार्यकर्ता, सुभेच्छुक, तथा आम नागरिकहरुमा सकारात्मक सन्देश सहितको उर्जा प्रवाह गर्न स्थायी कमिटी बैठक सफल हुने पूर्ण विश्वास व्यक्त गरिएको छ । देश र जनता प्रति उत्तरदायि बन्दै पार्टीले लिएको लक्ष्य र उदेश्यलाई आत्मसात गरि सिंगो पार्टीलाई संस्थागत रुपमा अघि बढाउने कुरामा कुनै शंका नरहेको उल्लेख गरेको छ । पार्टी बैठक चलिरहेको र निष्र्कष हुन बाकि रहेका यस अवधिमा बिभिन्न अनावश्यक बिचारहरु अभिव्यक्त गर्ने दिशातर्फ उन्मुख हुदा पार्टी एकतालाई कमजोर बनाउन सक्ने भएकाले त्यसतर्फ उन्मुख नभै गम्भिर रुपमा एकताको पक्षमा दुढ हुन समेत पे्रस बिज्ञप्ति मार्फत अनुरोध गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।